Premier Cables
Premier Steel

अर्थ शेयर बजार

नेप्से लगातार चौथो दिन घट्यो, १६.२९ अंकको गिरावटसँगै २६७२ मा सीमित

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन १४, २०८३  | साँझ ४:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली सेयर बजारमा गिरावटको क्रम जारी रहेको छ। साताको लगातार चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.२९ अंकले घट्दै २६७२.०३ अंकमा पुगेको छ।

यो साताको सुरुदेखि नै बजार ओरालो लागिरहेको छ। गत शुक्रबार २७३४ अंकमा रहेको नेप्से चार कारोबार दिनमै करिब ६२ अंकले घटेको छ।

बिज्ञापन

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ४ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ३ अर्ब ३८ करोड रुपैयाँमा सीमित भयो।

आजको कारोबारमा ५९ कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीको घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो। सबै समूहगत सूचक राताम्मे देखिएका छन्। सबैभन्दा बढी जलविद्युत् (१.२०%) र विकास बैंक (१.१२%) समूहमा गिरावट आएको छ।

बैंकिङ ०.३३%, फाइनान्स ०.१३%, होटल तथा पर्यटन ०.२१%, लगानी ०.५५%, जीवन बीमा ०.४२%, उत्पादन तथा प्रशोधन ०.६७%, माइक्रोफाइनान्स ०.४७%, निर्जीवन बीमा ०.१९%, अन्य ०.६९% तथा व्यापार समूह ०.४२% ले घटेका छन्।

व्यक्तिगत कम्पनीतर्फ एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिकित्ता १,१३८ रुपैयाँ पुगेको छ। त्यसैगरी सेन्ट्रल फाइनान्स २.८८%, शुभम् पावर २.१५% र तारागाउँ रिजेन्सी २.०१% ले उकालो लागेका छन्।

यता कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले घटेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक १२.६८%, सोलु हाइड्रोपावर ३.८२% र रिजलाइन इनर्जी ३.४७% ले पनि गिरावट बेहोरेका छन्।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी पावर, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत् र सेन्ट्रल फाइनान्स सर्वाधिक कारोबार भएका कम्पनी रहेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa