विराटनगर । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेश सरकार मातहतका धेरै निकायमा आगजनी र तोडफोड भयो । जनताको आवाज मुखरित हुने कोशी प्रदेश सभा जलाइँदा पूर्ण रुपमा क्षतिग्रस्त भयो ।
त्यसबैले बन्द भएको प्रदेश सभाको आधिकारिक पोर्टल अझै संचालनमा आउन सकेको छैन । यद्धपि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित मन्त्रालयका वेभ पोर्टलहरु भने संचालनमा छन् । आन्दोलनका बेला कर्मचारीहरुले आफ्ना फोटा र जानकारी पोर्टलबाट हटाएका थिए ।
अहिले बैठकस्थल नभएकैले कोशी प्रदेश सभाको अधिवेशन स्थगित छ ।जेनजी आन्दोलनपछि धेरै निकाय संचालनमा आई सकेका छन् ।
कोशी प्रदेश सभा सचिवालय प्रदेश सरकार मातहतकै कटहरी कृषि बजारमा स्थानान्तरण भईसकेको छ ।
भौतिक पूर्वाधकार मन्त्रालयले पुनःनिर्माणको कार्यसमेत अघि बढाएको छ । तर, सभा सम्बन्धी जानकारी दिन पोर्टल लामो समयदेखि बन्द छ ।
यसबाट सर्वसाधारण प्रदेश सभाको गतिविविधबारे जानकारी लिन बञ्चित छन् । सरकारले प्रदेश सभामा नयाँ प्रदेश सभा सचिव समेत नियुक्त गरिसकेको छ ।
