Premier Cables
Premier Steel

कोशी प्रदेश

संशोधनको समय नदिएको भन्दै विपक्षीद्वारा कोसी प्रदेश सभा अवरुद्ध

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ १३, २०८३  | अपराह्न १:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विपक्षी दलका सांसदहरूले अवरोध गरेपछि कोसी प्रदेश सभाको बैठक बुधबार तनावग्रस्त बनेको छ । सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गर्ने समय नदिई प्रक्रिया अघि बढाइएको भन्दै विपक्षी सांसदहरूले बैठक अवरुद्ध गरेका हुन् ।

विपक्षी सांसदहरूले नीति तथा कार्यक्रममाथि मुख्यमन्त्रीले जवाफ दिएपछि संशोधनमाथि छलफल गरी पारित गर्नुपर्ने प्रक्रिया मिचिएको आरोप लगाएका छन् । उनीहरूले संशोधन प्रस्तावमाथि छलफल नै नगरी नीति तथा कार्यक्रम पारित गरिएको भन्दै सदनमा विरोध जनाएका हुन् ।

बिज्ञापन

सभामुख अम्बरबहादुर विष्टले विपक्षी दलबाट कुनै संशोधन प्रस्ताव नआएको दाबी गर्दै बैठक सञ्चालन गरेका थिए । त्यसक्रममा उनले जनता समाजवादी पार्टी संसदीय दलका नेतालाई विशेष समयमा बोल्न समय दिएका थिए ।

त्यही बेला पूर्वमुख्यमन्त्री राजेन्द्र राई रोष्ट्रमतर्फ पुगेका थिए । उनले माइक समातेर धारणा राख्न खोजेपछि मर्यादापालकले उनलाई रोकेर रोष्ट्रमबाट तल झारेका थिए ।

घटनापछि विपक्षी सांसदहरूले सदन चल्न नदिने भन्दै वेल घेरेर नाराबाजी गरेका छन् । संशोधन प्रस्ताव दर्तासम्बन्धी समय र प्रक्रियाबारे प्रदेश सभा सचिवालयले कुनै सूचना जारी नगरेको भन्दै विपक्षी दलले सभामुखको ध्यानाकर्षणसमेत गराएका छन् ।

कोसी प्रदेश सरकारको नीति तथा कार्यक्रम मंगलबार प्रदेश सभाबाट पारित भएको थियो । विवादपछि बुधबारको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka