Premier Cables

कोशी प्रदेश

११ उपदफा संशोधनसहित प्रदेशसभामा खानेपानी विधेयकको प्रतिवेदन

Calendar बिहिबार, साउन १५, २०८२  | साँझ ५:५१ बजे

विराटनगर । कोसी प्रदेश सभामा खानेपानी सिंचाई तथा उर्जा मन्त्रालयले प्रस्तुत गरेको विधेयकमाथि छलफल भई संसदीय समितिबाट संशोधनसहित तयार भएको प्रतिवेदन पेश भएको छ ।

बिहीबारको बैठकमा खानेपानी मन्त्री एकराज कार्कीले प्रतिवेदन प्रस्तुत गर्न प्रस्ताव पेश गरेका थिए । बैठकमा प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सभापति होम थापाले प्रतिवेदन पेश गरेका थिए । समितिमा दफावार छलफल भई समितिबाट प्रतिवेदन सभामा आएको हो । समितिमा तीनवटा बैठक बसेको थियो ।

बिज्ञापन

प्रतिवेदनमाथि सभामा छलफल शुरु भएको छ । खानेपानी तथा सरसफाई सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८१ म दफावार छलफलपछि तयार भएको प्रतिवेदनमा भाग लिँदै प्रदेश सभा सदस्य किशोरचन्द्र दुलालले नियमानुसार निर्मला लिम्बू र कमला दर्नालले संशोधन हालेका थिए ।

विधेयकमा प्रस्ताव नगरिएका चारवटा उपदफा र प्रस्ताव गरिएका सातवटा उपदफा संशोधन भएर आएका छन् । दुलालले खानेपानी र सरसफाईको विषय नागरिकको अधिकार भएको बताए । यो विधेयक सभाबाट पारित भएपछि खानेपानी प्राप्त गर्न नसकेका नागरिकलाई उच्च प्राथमिकतामा राखी प्रदेश सरकारले व्यवस्था गर्ने विश्वास लिइएको वाग्लेले बताए ।

सुख्खाग्रस्त क्षेत्रका लागि समेत काम हुने र खानेपानीको अभावमा बसाईं सर्ने क्रम रोकिने अपेक्षा रहेको उनले बताए । उनले भने,‘‘ऐन बनेर आएपछि खानेपानीका समस्या समाधानमा मद्दत पुग्ने विश्वास लिएको छु ।’’

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka