Premier Cables
Premier Steel

राजनीति

रवि र बालेनबीच लामो भेटघाट, के भयो कुराकानी ?

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, पुष ०८, २०८२  | बिहान ९:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच सोमबार राति लामो भेटवार्ता भएको छ।

कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको निवासमा करिब पाँच घण्टासम्म चलेको छलफलले रवि–बालेनबीच सहकार्यको संकेत दिएको छ। वार्ता सम्पन्न भएपछि सभापति लामिछाने र मेयर शाह एउटै गाडीमा बाहिरिएका थिए।

बिज्ञापन

सोमबार साँझ ८ बजेदेखि सुरु भएको छलफल मंगलबार बिहान १ बजेसम्म निरन्तर चलेको थियो। रास्वपाको तर्फबाट सभापति लामिछानेसहित उपसभापति डिपी अर्याल सहभागी थिए भने बालेन शाहको तर्फबाट स्वयं मेयर शाह र वार्ता समिति संयोजक कुमार बेन उपस्थित थिए।

भेटवार्तामा आगामी दिनमा चुनावी तालमेल र सम्भावित सहकार्यका विषयमा विचार–विमर्श भएको बताइएको छ। यद्यपि कुनै औपचारिक निर्णय सार्वजनिक नभए पनि दुवै पक्षबाट सकारात्मक सन्देश आएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka