Premier Cables
Premier Steel

अपराध विराटनगर

नख्खु जेलबाट भागेका भारतीय कैदी विराटनगरमा पक्राउ

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर २२, २०८२  | अपराह्न २:४७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । ‘जेनजी आन्दोलन’को बेला नख्खु कारागारबाट फरार भएका एक भारतीय कैदी तीन महिनापछि विराटनगरबाट पक्राउ परेका छन्।

अपहरण तथा शरीर बन्धक प्रकरणमा दोषी ठहर भई सजाय भोगिरहेका भारतका ५५ वर्षीय निपुन गुप्ता जिल्ला प्रहरी कार्यालय मोरङको टोलीद्वारा पक्राउ परेका हुन्।

बिज्ञापन

प्रहरीका अनुसार गुप्ता गत भदौ २४ गते आन्दोलनका कारण कारागारमा सिर्जना भएको अव्यवस्थित अवस्थाको फाइदा उठाउँदै नख्खु जेलबाट भाग्न सफल भएका थिए।

फरार रहेको अवस्थामै मोरङको विराटनगर–७ मा लुकेर बसेको विशेष सूचना प्राप्त भएपछि खटिएको टोलीले आइतबार उनलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।

प्रहरीले उनलाई आवश्यक कानुनी प्रकृया पूरा गराई पुनः कारागार पठाउने तयारी गरेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka