Premier Cables
Premier Steel

विराटनगर

मोरङ कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि १६ राउन्ड हवाई फायर

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र २५, २०८२  | अपराह्न १:११ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगरको हाटखोलास्थित मोरङ कारागारबाट कैदीबन्दीहरूले भाग्ने प्रयास गरेपछि प्रहरीले हवाई फायर गर्नु परेको छ।

प्राप्त जानकारी अनुसार, नाराबाजी गर्दै कैदीहरूले कारागारको मुख्य गेट तोड्न खोजेपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले १६ राउन्ड हवाई फायर गरेको हो।

बिज्ञापन

कैदीबन्दीका आफन्तहरू समेत कारागारको गेट अगाडि आएर होहल्ला गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको थियो। हाल उनीहरूलाई पनि त्यहाँबाट हटाइएको छ।

आफन्तले होहल्ला गर्न थालेपछि कैदी भाग्ने प्रयास भएको जानकारी पाउनासाथ सुरक्षाकर्मीहरूको थप टोली परिचालन गरिएको र अहिले कारागार परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

प्रहरीका अनुसार हाल स्थिति पूर्ण रूपमा नियन्त्रणमा छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka