Premier Cables
Premier Steel

समाचार

झुम्का कारागारबाट कैदी भागेपछि छानबिन समिति गठन

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २८, २०८२  | अपराह्न १:०१ बजे
Hamro Biratnagar Headlines

विराटनगर । सुनसरीको झुम्का कारागारबाट जबरजस्ती करणी अभियोगमा दोषी ठहर भई सजाय भोगिरहेका एक कैदी फरार भएपछि छनबिन समिति गठन भएको छ ।

घटनाबारे छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो।

बिज्ञापन

खोटाङ जिल्ला, दिप्रुङ चुइचुम्मा गाउँपालिका २ का २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति कारागारको बी ब्लकबाट पर्खाल नाघेर भागेका हुन्। कारागारका जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीलाई उक्त ब्लकमा राखिएको थियो।

सामूहिक बलात्कारको घटनामा दोषी ठहर भएका खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ साल चैत २५ गते १३ वर्ष कैद सजायको फैसला सुनाएको थियो। उनी २०८१ साउन २१ गतेदेखि झुम्का कारागारमा थुनामा थिए।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka