Premier Cables
Premier Steel

समाचार

आठ महिनामा कोशीका कारागारमा १४ जना कैदीबन्दीको मृत्यु

Calendar बिहिबार, भाद्र १९, २०८२  | अपराह्न ३:४५ बजे

विराटनगर । झापा, मोरङ र सुनसरी कारागारमा विगत आठ महिनाको अवधिमा १४ जना कैदीबन्दीको मृत्यु भएको छ ।

अनौपचारि क्षेत्र सेवा केन्द्र(इन्सेक) को तथ्याङ्क अनुसार आठ महिनाको अवधिमा झापा, मोरङ र सुनसरीका कारागारमा रहेका १४ जनाको मृत्यु भइसकेको छ ।

बिज्ञापन

राज्यको नियन्त्रण र सुरक्षा घेरामा रहेकाहरूको मृत्यु प्रतिदिन बढ्दै गएपछि कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन नसकेको देखिएको छ ।

इन्सेक अभिलेखका आधारमा ०८१ पुस १७ गतेदेखि भदौ १८ गतेसम्मको अवधिमा कारागारमा रहेका १४ जनाको मृत्यु भएको छ । सो अवधिमा सबैभन्दा बढी मोरङ कारागारका आठ जनाको मृत्यु भएको छ । सुनसरी कारागारमा रहेका पाँच जना र झापा कारागारमा रहेका एक जना गरी आठ महिनाको अवधिमा १४ जनाको मृत्यु भएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka