Premier Cables
Premier Steel

विराटनगर

‘विराट ट्रेड एक्स्पो २०२५’ पुस ९ देखि विराटनगरमा

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर २२, २०८२  | अपराह्न १:२७ बजे
Hamro Biratnagar Headlines
Link copied to clipboard

विराटनगर । मोरङ उद्योग व्यापार संघले आर्थिक गतिविधि सुदृढ बनाउन विराटनगरमा ‘विराट ट्रेड एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ। मुलुककै जेठो उद्योग वाणिज्य संघ मानिने संघले पुस ९ देखि १९ गतेसम्म शान्ति चोकस्थित जिल्ला प्रहरी कार्यालय छेउको क्षेत्रमा एक्स्पो गर्ने तयारी गरेको हो।

संघका अध्यक्ष अनुपम राठी र संयोजक अमितकुमार शारदाद्वारा जारी विज्ञप्तिमा जेनजी आन्दोलनपछि धीमा बन्दै गएको आर्थिक गतिविधिलाई पुनः गतिमा ल्याउन एक्स्पो महत्वपू्र्ण हुने दाबी गरिएको छ।

बिज्ञापन

एक्स्पोमा कृषि, पर्यटन, ऊर्जा तथा स्वदेशी उत्पादनको प्रवर्द्धन मुख्य प्राथमिकता रहने आयोजकले जनाएको छ। साथै नेपाल व्यापार रणनीतिअनुसार पहिचान गरिएका वस्तुहरूको बजार विस्तारमा पनि मेला उपयोगी हुने दाबी गरिएको छ।

करिब २३० स्टल रहने एक्स्पोमा जर्मन प्रविधिको ‘ह्याङ्गर’ तथा अत्याधुनिक अक्टानम सिस्टम प्रयोग गरिनेछ। नेपालका साना, मझौला तथा ठूला उद्योगका उत्पादनसँगै भारत, बंगलादेश र पाकिस्तानका वस्तुहरू पनि प्रदर्शित गरिनेछन्।

परम्परागत व्यापार मेलाको ढाँचा तोड्दै ज्ञान, प्रविधि र उद्यमशीलतालाई केन्द्रमा राखिएको आयोजकले जनाएको छ। स्टार्टअप तथा सूचना प्रविधि, कर–लेखा प्रणाली र महिला उद्यमशीलता प्रवर्द्धनका विशेष स्टल राखिनेछन्।

त्यसैगरी साइबर सुरक्षा, डिजिटल व्यवसाय विस्तार, पर्यटन प्रवर्द्धन रणनीति जस्ता विषयमा गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने छ।

दर्शक आकर्षणका लागि राष्ट्रिय कलाकार तथा ब्यान्डहरूले हरेक साँझ प्रस्तुति दिनेछन्। त्यसमध्ये कुमा सागर, रकहेड्स, एलिमेन्ट्स, कुटुम्ब, स्वप्न सुमन र उज्जेन शाक्य प्रमुख रहनेछन्।

मेलामा सेल्फी जोन, किड्स जोन, फिस तथा जलपरी टनेल जस्ता विशेष आकर्षण रहने छन्। साथै नेपाली कला–संस्कृतिलाई उभ्याउने आधुनिक प्रवेशद्वार निर्माण गरिनेछ।

‘रमपम तयारी चाउचाउ’ र ‘मारुती सिमेन्ट’ मुख्य प्रायोजक रहेका एक्स्पोले ‘कोशी पर्यटन वर्ष २०८२’ सफल बनाउन पनि सहयोग पुग्ने आयोजकको विश्वास छ।

मोरङ तथा भारत–नेपाल सीमावर्ती क्षेत्रबाट करिब दुई लाख दर्शक एक्स्पोमा आउने अनुमान गरिएको छ।

मोरङ उद्योग व्यापार संघले यसअघि कोशी महोत्सव, पूर्वाञ्चल औद्योगिक व्यापार मेला, विराट महोत्सवजस्ता कार्यक्रमहरू पनि आयोजना गर्दै आएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka