Premier Cables
Premier Steel

विराटनगर

रिजालबीच भेटघाट: रसुवाको बाढी विपत्ति र निजी क्षेत्रका समस्याबारे छलफल

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र १३, २०८३  | बिहान ८:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा मोरङ उद्योग व्यापार सङ्घका निवर्तमान अध्यक्ष नवीन रिजाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेबीच समसामयिक आर्थिक तथा सामाजिक विषयमा भेटघाट र छलफल भएको छ।

भेटघाटका क्रममा केन्द्रीय सदस्य रिजालले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेँसी र मितेरी पुल आसपासका बजार, जलविद्युत् आयोजना तथा भौतिक संरचनामा पुगेको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे।

बिज्ञापन

उनले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्निर्माणमा निजी क्षेत्रका तर्फबाट सम्भव भएसम्मको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।


सोही अवसरमा रिजालले आर्थिक मन्दी, उच्च उत्पादन लागत र नीतिगत जटिलताका कारण धराशायी बनेको निजी क्षेत्रको संरक्षणका लागि सभापति लामिछानेलाई ध्यानाकर्षण पत्र बुझाए। ध्यानाकर्षण पत्रमा उद्योगी-व्यवसायीको उधारो कारोबारलाई कानुनी संरक्षण दिन तत्काल ‘उधारो कानुन’ ल्याउनुपर्ने र भन्सार, राजस्व तथा नापतौल जस्ता निकायबाट सामान्य त्रुटिमा समेत गरिने प्रशासनिक कडाइ तथा जरिवाना रोक्नुपर्ने माग गरिएको छ।

साथै, ढुवानी लागत घटाउन सडकको भारवहन क्षमता १०० टन बनाउनुपर्ने, प्लास्टिक उद्योगका मेसिनरी तथा स्वदेशी उत्पादनमा लाग्ने अन्तःशुल्क खारेज हुनुपर्ने, बैंक ब्याजदर स्थायित्वका लागि कर्जा प्रक्रिया सहज बनाउनुपर्ने र ट्रिपिङ तथा लोडसेडिङको अन्त्य गरी निरन्तर गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न आग्रह गरिएको छ।

छलफलका क्रममा रास्वपा सभापति लामिछानेले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत व्यवस्थापनका कामलाई सरकारले तीव्रताका साथ अघि बढाएको जानकारी गराए। उनले व्यवसायीले उठाएको उधारो कानुनको मागप्रति सकारात्मक रहेको र उक्त कानुन निर्माणमा पहल गर्ने आश्वासन दिए।

साथै, देशमा पर्यटक भित्र्याउने लक्ष्यअनुरूप काम गर्ने र मोरङ-सुनसरी आर्थिक कोरिडोरमा औद्योगिक पूर्वाधार विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता समेत उनले जनाएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बाढी–पहिरो प्रभावितका लागि ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

बाढी–पहिरो प्रभावितका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

रसुवा बाढीपीडितका लागि शारदा र जाजु ग्रुपले ६० लाख बराबरको राहत

Clock Iconबिहिबार, भाद्र ११, २०८३

लेन्दे खोलाको बाढीले रसुवा नाकामा ठूलो क्षति, दुईवटा बजार तहसनहस

Clock Iconबुधबार, भाद्र १०, २०८३

भारतीय क्लेयरिङ एजेन्टको आन्दोलन फिर्ता: ५०० भन्दा बढी मालवाहक लरी नेपाल भित्रिने

Clock Iconमंगलबार, भाद्र ०९, २०८३

पांच सयभन्दा बढी मालबाहक ट्रक र कन्टेनर सीमापारिमै रोकिए, भन्सार जाँचपास पूर्ण अवरुद्ध

Clock Iconमंगलबार, भाद्र ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka