Premier Cables
Premier Steel

कोशी प्रदेश विराटनगर

जेनजी आन्दोलनले देश खरानी भयोः झलनाथ खनाल

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर १५, २०८२  | साँझ ४:०२ बजे
Hamro Biratnagar Headlines

विराटनगर । नेपाली कम्युनिस्ट नेता झलनाथ खनालले आगामी सरकारमा सहभागी हुँदा किसान तथा कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

उनले स्वर्गजस्तो देश ‘नर्कझैँ’ बनेको उल्लेख गर्दै जेन–जेड आन्दोलनका कारण देश संकटमा परेको दाबी गरे। धेरै सम्भावना हुँदाहुँदै पनि नेपालले अपेक्षित प्रगति गर्न नसकेको उनले टिप्पणी गरे।

विराटनगरमा आज आयोजित पार्टी एकता सभामा बोल्दै खनालले खाडी मुलुकमा युवालाई वैदेशिक रोजगारीमा धकेलिएको उल्लेख गर्दै देशमै ठूला औद्योगिक विकासका सम्भावना प्रशस्त रहेको औंल्याए। उनका अनुसार, “देशमा नयाँ ढंगले औद्योगीकरण गर्न आवश्यक छ, जसले रोजगारी वृद्धि र आर्थिक रूपान्तरणलाई गति दिन्छ।” उनले कम्युनिस्ट एकता केवल नेतृत्व दोस्रोनियोजन मात्र नभई सिद्धान्त र उद्देश्यमा आधारित हुनुपर्ने बताए।

खनालका अनुसार पार्टी एकता चार आधारमा टेकेर भएको हो, र अब ‘नेपाली विशेषताको समाजवाद’ निर्माणतर्फ अघि बढ्नुपर्ने समय आएको छ। उनले एमालेले समाजवादको मार्ग त्यागेको आरोप लगाउँदै भने, “हामीले नै बनाएको पार्टी हो, तर यसले दक्षिणपन्थी बाटो लियो र सही मार्गबाट बिचलित भयो।”

आगामी चुनाव अपरिहार्य रहेको उल्लेख गर्दै खनालले यसका लागि समयमै गम्भीर तयारी सुरु गर्नुपर्ने सुझाव दिए।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka