Premier Cables
Premier Steel

विराटनगर

गुद्री बजारमा नेपाली कम्युनिष्ट पार्टीको एकता सभा, प्रचण्डसहितका केन्द्रीय नेता सहभागी

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर १५, २०८२  | अपराह्न २:२३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । हालै १५ विभिन्न राजनीतिक दल र समूहहरू मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीको कोशी प्रदेशस्तरीय ‘एकता सन्देश सभा’ विराटनगरमा सुरु भएको छ।

विराटनगरको पुरानो गुद्रीस्थित मैदानमा दिउँसो १ बजेबाट प्रारम्भ भएको सभामा झापा, मोरङ, सुनसरी, उदयपुर लगायत जिल्लाबाट कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको छ।

सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, नेता भीम रावल, नारायणकाजी श्रेष्ठसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

कात्तिक १९ गते पार्टी एकता घोषणा गरेको नेकपाले देशव्यापी दौडाहाको क्रममा आज कोशी प्रदेशमा सभा गरेको हो। यसअघि सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशमा सभा सम्पन्न गरिसकेको पार्टीले बाँकी प्रदेशहरूमा पनि मंसिर २३ गतेसम्म क्रमिक रूपमा सभा आयोजना गर्ने जनाएको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka