Premier Cables
Premier Steel

राजनीति

नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन सुरू

Calendar बुधबार, कार्तिक १९, २०८२  | अपराह्न २:१० बजे

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन औपचारिक रूपमा सुरू भएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) अन्तर्गत एकीकृत भएका १० वटा कम्युनिस्ट पार्टीहरूको संयुक्त सम्मेलन बुधवार काठमाडौँमा प्रारम्भ भएको हो ।

सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष दाहाल, नेता माधवकुमार नेपाललगायत सबै घटकका शीर्ष नेताहरूले संयुक्त रूपमा रिमोट थिचेर गरेका हुन् । कार्यक्रममा शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी रहेको जानकारी नेता वर्षमान पुनले दिएका छन् ।

बिज्ञापन

यो सम्मेलनले पार्टीको विधान पारित गर्ने, केन्द्रीय कमिटी गठन गर्ने तथा निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक निर्णयहरू लिने एजेन्डा तय गरेको बताइएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka