Premier Cables
Premier Steel

राजनीति

प्रचण्ड र माधव नेपालले नेतृत्व छाड्ने तर फागुन २१ को चुनावपछि!

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक २२, २०८२  | बिहान ११:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेकपा (एकता) अधिवेशनपछि पार्टीका वरिष्ठ नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरेका छन्। ऐतिहासिक एकता प्रक्रिया सफलतापूर्वक सम्पन्न भएपछि दुवै नेताले अब पार्टीको बागडोर नयाँ पुस्तालाई दिने प्रतिबद्धता जनाएका हुन्।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकता) का सह–संयोजक माधवकुमार नेपालले अनलाइनखबरलाई दिएको अन्तरवार्तामा अधिवेशनपछि नेतृत्व हस्तान्तरणको सहमति बनेको जानकारी दिएका छन्।

बिज्ञापन

उनका अनुसार, एकता प्रक्रिया, संगठनात्मक संरचना र पार्टीको भविष्यका रणनीतिबारे भएको छलफलका क्रममा दुवै नेताले लामो समय नेतृत्वमा रहँदा नयाँ नेतृत्व विकासमा अवरोध भएको महसुस गर्दै अब मार्गदर्शकको भूमिकामा रहने र नयाँ पुस्तालाई अगाडि ल्याउने सहमति गरेका हुन्।

नेपालले थपे, “हामीले एकताको लागि योगदान गरेका छौँ। अब नेतृत्वमा नयाँ सोच र ऊर्जासहितका साथीहरू आउनु आवश्यक छ। यसले पार्टीलाई लोकतान्त्रिक र समावेशी दिशातर्फ अघि बढाउनेछ।”

उनका अनुसार, पार्टीले फागुन २१ मा हुने एकता महाधिवेशनमा युवा पुस्तालाई नेतृत्वमा ल्याउने, पदावधि र पद दोहोर्याउने सीमाबारे स्पष्ट मापदण्ड तय गर्ने, साथै मन्त्री वा पदमा दोहोरिन नपाइने सीमा तोक्ने विषयमा पनि सहमति बनेको छ।

नेपालका शब्दमा, “यो सहमतिले पार्टीभित्र नयाँ ऊर्जा, संगठनात्मक सुदृढता र उत्तरदायित्वपूर्ण नेतृत्वको विकास हुनेछ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka