Premier Cables
Premier Steel

राष्ट्रिय

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, महाधिवेशन कार्यतालिका टुंगो लाग्ने

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर १५, २०८२  | बिहान ७:१८ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ।

पटक-पटक स्थगित हुँदै आएको बैठक १५औँ महाधिवेशनको मिति टुंगिएको पृष्ठभूमिमा आज बसेको हो।

आगामी पुस २६ देखि २९ गतेसम्म महाधिवेशन गर्ने सहमति भएपछि काँग्रेसले असोज २८ यता अल्झिएको विवाद समाधान गर्न सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार निकास निकालेको छ।

आजको बैठकमा कार्यतालिकासम्बन्धी प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गर्नेछन्। आइतबार उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको छलफलपछि सभापतिको आग्रहअनुसार कार्यतालिका प्रस्ताव तयार पारेका हुन्।

यसअघि महामन्त्री र सहमहामन्त्रीले अलग–अलग प्रस्ताव पेश गरेका कारण सहमतिको एकीकृत प्रस्ताव कार्यवाहक सभापति खड्कामार्फत प्रस्तुत हुँदैछ।

कार्यवाहक सभापतिको प्रस्ताव छलफलका लागि नभइ प्रत्यक्ष निर्णयार्थ पेश गरिने स्रोतले जनाएको छ। स्रोतका अनुसार, “सदनमा मन्त्रीले प्रस्ताव राखेपछि अन्त्यमा सभामुखले निर्णयार्थ पेश गर्ने जस्तै, यहाँ पनि कार्यवाहक सभापतिले प्रस्ताव निर्णयार्थ राख्न लाग्नुभएको हो। त्यसमाथि कसैले आपत्ति जनाएमा मतविभाजनमार्फत निर्णय हुनेछ।”

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka