Premier Cables
Premier Steel

विराटनगर

कांग्रेस इतरले विराटनगरबाट क्रियाशील सदस्यता अध्यावधिक नगर्ने घोषणा गरे, भने- ‘जबरजस्ती निर्णय मान्दैनौं’

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ ०७, २०८३  | साँझ ६:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता वितरण र आन्तरिक विवाद चर्किरहेका बेला विराटनगरमा संस्थापन इतर पक्षको छुट्टै भेला बसेको छ । भेलाले निष्पक्ष र विवादरहित महाधिवेशन सुनिश्चित गर्नुपर्ने निष्कर्ष निकाल्दै हाल भइरहेको क्रियाशील सदस्यता अध्यावधिक प्रक्रिया बहिष्कार गर्ने घोषणा गरेको छ ।

नेपाली कांग्रेस विराटनगर महानगर समिति का सभापति दिपक चापागाईं को सभापतित्वमा जानकी सेवा सदनमा आयोजित भेलामा पार्टीभित्र बढ्दो असन्तुष्टि, क्रियाशील सदस्यता विवाद र महाधिवेशन तयारीबारे छलफल गरिएको थियो ।

बिज्ञापन

भेलाले अहिले भइरहेको नयाँ क्रियाशील सदस्यता इन्ट्री र नवीकरण प्रक्रिया तत्काल रोक्नुपर्ने निष्कर्ष निकालेको छ । यसअघि नै सदस्यता नवीकरण सम्पन्न भइसकेको अवस्थामा पुनः नयाँ प्रक्रिया अघि बढाउँदा पार्टीभित्र थप विवाद सिर्जना भएको भेलाको ठहर छ ।

सभापति चापागाईंले केन्द्रले क्रियाशील सदस्यता अध्यावधिकका लागि दिएको समयअघि वडा सभापतिहरूलाई बेवास्ता गर्दै अन्य व्यक्तिलाई परिचालन गरिएको भन्दै वडास्तरबाट व्यापक विरोध आएको बताए । त्यसैको प्रतिक्रिया स्वरूप भेला आयोजना गरिएको उनले स्पष्ट पारे ।

भेलामा सहभागी केदार कार्की ले जबर्जस्ती लादिएको निर्णय स्वीकार्य नहुने बताए । ‘तल धेरै साथीहरू क्रियाशील अध्यावधिक नगराउने पक्षमा हुनुहुन्छ,’ उनले भने ।

त्यस्तै भूपेन्द्र राई ले कार्यकर्ताको भावना विपरीत लादिएको निर्णयप्रति ठूलो असन्तुष्टि रहेको बताए ।

‘हामीले यसअघि नै नवीकरण गरेर काम सकिसकेका छौं । अब त्यही आधारमा महाधिवेशन गराउनुपर्छ,’ सभापति चापागाईंले भने, ‘हामी प्रविधिको विरोधी होइनौं, तर अहिलेका लागि पुरानै नवीकरणलाई मान्यता दिएर महाधिवेशनमा जानुपर्छ ।’

भेलामा करिब १५० जना नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । सभापति चापागाईंले भेलालाई “फेयर महाधिवेशन पक्षधरहरूको नियमित भेला” को रूपमा व्याख्या गर्दै पार्टीभित्र जालझेल नगरी एकताबद्ध भएर महाधिवेशनमा जानुपर्नेमा जोड दिए ।

भेलाले पार्टीका सकारात्मक कामको समर्थन गर्ने तर पक्षपातपूर्ण निर्णय र गलत प्रवृत्तिको सामूहिक प्रतिवाद गर्ने निर्णय समेत गरेको छ । वडा तहदेखि देखिएको सदस्यता विवाद समाधान नगरी अघि बढे पार्टीभित्र थप संकट निम्तिन सक्ने चेतावनी समेत नेतृत्वलाई दिइएको जनाइएको छ ।

भेलामा सहभागी एक नेताले गगन थापा नेतृत्वको केन्द्रीय समितिले आह्वान गरेको क्रियाशील सदस्यता नवीकरण अभियान बहिष्कार गर्ने निर्णय गरिएको दाबी गरे । ‘यो सदस्यता नवीकरण हुँदैन, हामी बहिष्कार गर्छौं,’ ती नेताले भने ।

कार्यक्रममा “वृहत एकता महाधिवेशन” पक्षका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको केदार कार्की ले बताए ।

यसैबीच विराटनगरका वडा सभापति अशोक विष्ट ले आफू वडा सभापति हुँदाहुँदै जनार्दन निरौला लाई सदस्यता अध्यावधिकको जिम्मेवारी दिइएको भन्दै असन्तुष्टि जनाए । उनले निरौला प्रदेश सभा निर्वाचनमा कांग्रेस उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेको आरोप समेत लगाए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka