विराटनगर । विराटनगरको राधाकृष्ण मार्ग तीनपैनीस्थित इस्टर्न कलेज अफ इन्जिनियरिङले २५ वर्षदेखि उत्कृष्ण शिक्षा प्रदान गर्दै आएको छ । कोसी प्रदेशको राजधानीकै उत्कृष्ण कलेजमा पर्ने कलेजका प्रिन्सिपल ई.अमित सुरानाले दिएको जानकारी अनुसार नेपाल इन्जिनियरिङ्ग परिषद् द्वारा स्थायी मान्यता प्राप्त कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हो । यसको स्थापना सन् २००० मा भएको हो ।
इस्टर्न कलेज अफ इन्जिनियरिङ, विराटनगरमा ब्याचलर इन सिलिभ इन्जिनियरिङ , ब्याचलर इन इलेक्ट्रीकल इन्जिनियरिङ, ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ, र ब्याचलर इन इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड अटोमेसन इन्जिनियरिङ पढाई हुँदै आएको छ ।
यो कलेज नेपाल इन्जिनियरिङ काउन्सील (एनइसी) बाट स्थायी मान्यता प्राप्त प्रदेशकै पहिलो उत्कृष्ट निजी इन्जिनियरिङ्ग कलेज हो । कलेज २५ वर्ष पुगेको उपलक्ष्यमा सहुलियत शूल्कमा भर्ना भईरहेको जनाइएको छ ।
आइएसओ सर्टिफाइड यस कलेमा अनुभवी तथा दक्ष प्राध्यापकहरुबाट आधुनिक प्रविधि प्रयोग गर्दै गुणस्तरिय शिक्षा प्रदान गर्ने गरिएको छ । डिप्लोमा तथा स्नातक तहका कार्यक्रमलाई चाहिने सम्पुर्ण विषयगत प्रयोगशाला उपलब्ध रहेको छ । रियल फिल्डमा आवश्यक पर्ने सफ्टवेयर को तालिम कलेजमै गराइने गरेको छ । फाइनल ईयरमा बिई कम्प्युटरमा अनिवार्य इन्टर्नसीप कलेजले गराउँदछ ।
आवश्यकता अनुसार शैक्षिक भ्रमण तथा अवलोकन गराईने
अनवरत रुपमा सेमीनार तथा प्रेजेन्टेसन गराईने
अनुशासित, सुरक्षित, शान्त वातावरणमा निर्धक्ताका साथ पठनपाठन
फराकिलो खेलमैदान, अत्याधुनिक उपकरण जडित कक्षाकोठाहरू, सुविधा सम्पन्न भवन, प्रयोगशाला, लाइबे्ररीको व्यवस्था
पढाइका अलावा अतिरिक्त क्रियाकलापको व्यवस्था
विभिन्न विधामा समय समयमा टेक्निकल सेमिनार तथा वर्कसपको आयोजना पनि गर्दै आएको
देश र विदेशका विभिन्न प्रोफेसनल अर्गनाइजेसनसँग ओमओयु गरिएको
ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ मा भावि संभावना र रोजगारीको अवसरहरु
बिई कम्प्युटर प्रणालीको हार्डवेयर, सफ्टवेयर, नेटवर्क, तथा सिस्टम डिजाईन तथा विकाससँग सम्बन्धी विषय हो ।
बिई का विद्यार्थीहरुका लागि रोजगारीका अवसरहरु नेपाल मात्र नभएर अन्तराष्ट्रिय स्तर समेत तीव्र रुपमा माग बढिरहेको छ । यस विधाका विद्यार्थीहरुले निम्न अवसरहरु प्राप्त गर्दै आईरहेका छन्ः
software Developer/Engineer, Network Engineer/System Adminsitrator, Database manager/Analyst, Cyber Security Specialist, AI/ML Developer, Web/Mobile App Developer, IT Officer (Banks, INGO, Government), Project Manager (Tech Companies), Lecturer or Instuctor.
Cloud Engineer (AWS, Azure, GCP), Data Scientist/Analyst, DevOps/Automation Engineer, Research and Development Engineer, Software Quality Assurance Engineer (QA), Artificial Intelligence and Machine Learning
o; jfx]s E-Governance, Digital Payment, AI Apps, Remote work and outsourcing, Artificial Intelligence, Cyber Security, Data Science, Robotics, IoT, Higher Studies (Master’s in AI, Data Science, Robotics, Computer Science, etc.)
मा समेत यस विधाका विद्यार्थीहरुको माग तथा अवसरहरु प्रशस्त रहेको छ ।
यस इस्टर्न कलेज अफ इन्जिनियरिङ बाट बीई कम्प्युटर उत्र्तीण भएका विद्यार्थीहरु देशका विभिन्न सरकारी÷गैर–सरकारी उच्च निकायहरु जस्तैः नेपाल टेलिकम, नेपाल विधुत प्राधिकरण, एनसेल मन्त्रालयहरु, स्थानीय तथा प्रादेशिक कार्यलयहरु, आइटी कम्पनीहरु, सफ्टवेयर फर्मस साथै केही आफ्नै कम्पनीहरु खोलेर अन्यलाई रोजगार दिदै उत्कृष्ठ काम गरिरहेका छन् ।
देशमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा समेत विभिन्न सरकारी÷गैर–सरकारी संस्थाहरु जस्तै गुगल माइक्रोसफ्ट, आफ्नै सफ्टवेयर कम्पनीज हरु खोलेर स्वरोजगार भईसकेका छन् र धेरैलाई रोजगारी समेत दिईसकेका छन् ।
