Premier Cables
Premier Steel

विराटनगर

ईष्टर्न कलेज अफ इन्जिनियरिङ्ग र साना सिँचाइ कार्यक्रमबीच समझदारी पत्रमा हस्ताक्षर

Calendar आइतबार, मंसिर २८, २०८२  | अपराह्न १२:४६ बजे

विराटनगर । इस्टर्न कलेज अफ इन्जिनियरिङ, विराटनगर र स्विस सरकार अन्तर्गत विकास तथा सहयोगका लागि सञ्चालित साना सिँचाई कार्यक्रम स्मल इरिगेसन प्रोग्राम(एसआईपी)बीच आपसी सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारी पत्र (एमओयु) मा मंसिर २६ गते हस्ताक्षर गरिएको छ ।

यस समझदारी पत्रको मुख्य उद्देश्य इन्जिनियरिङ्ग शिक्षाको गुणस्तर अभिवृद्धि गर्नु, प्राविधिक क्षमता विकास गर्नु तथा कलेजका इन्जिनियरिङ्ग विद्यार्थीहरुलाई व्यवहारिक तथा प्रयोगात्मक सिकाइका अवसरहरु प्रदान गर्नु रहेको छ । एमओयु मार्फत दुवै संस्थाबीच, शैक्षिक, प्राविधिक तथा अनुसन्धान सम्बन्धि गतिविधिहरुमा सहकार्य हुने अपेक्षा गरिएको छ ।

बिज्ञापन

समझदारी अन्तर्गत सिपले विद्यार्थीहरुलाई समिनार, टक प्रोग्राम, इन्टर्नसीप, फिल्ड एक्सपोजर र प्रोजेक्ट वर्कमा सहयोग गर्नेछ ।

उक्त समझदारी पत्रमा इस्टर्न कलेज अफ इन्जिनियरिङको तर्फबाट कलेजका प्राचार्य ई. अमित सुरानाले तथा साना सिँचाई कार्यक्रमको तर्फबाट टिम लिडर गुणराज श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस सहकार्यले विद्यार्थीहरुलाई क्षेत्रीय तथा व्यवहारिक ज्ञान हासिल गर्न सहयोग पुग्ने, उद्योग÷शैक्षिक संस्थाबीचको सम्बन्ध सुद्घढ हुने तथा भविष्यका दक्ष ईन्जिनियर उत्पादनमा टेवा पुग्ने विश्वास कलेजले लिएको छ ।

इस्टर्न कलेज अफ इन्जिनियरिङले यस्ता सहकार्यहरु मार्फत शैक्षिक उत्कृष्टता र व्यावसायिक दक्षता विकासमा निरन्तर योगदान पुर्याउँदै जाने प्रतिबद्घता व्यक्त गरेको छ ।

ईष्टर्न कलेज अफ इन्जिनियरिङ्गले ब्याचलर इन इन्जिनियरिङ, ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ, ब्याचलर इन इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड अटोमेसन इन्जिनियरिङ, ब्याचलर इन इलेक्ट्रीकल इन्जिनियरिङ पढाउँदै आएको छ ।

प्रिन्सीपल ई. अमित सुरानाका अनुसार राधाकृष्ण मार्ग तीनपैनीमा अवस्थित कलेज २६ वर्षदेखि निरन्तर संचालनमा छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka