Premier Cables
Premier Steel

राष्ट्रिय

निवर्तमान आईजीपी चन्द्रकुबेर खापुङको विदेश भ्रमणमा रोक

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक २७, २०८२  | अपराह्न १:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न बनेको आयोगले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङको विदेश भ्रमणमा रोक लगाएको छ।

आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माका अनुसार, आज बसेको आयोगको बैठकले खापुङलाई आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका बाहिर जान नपाउने निर्णय गरेको हो।

बिज्ञापन

खापुङ आजदेखि सेवाबाट अवकाश भएका छन्, जसपछि नयाँ प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दर्ज्यानी चिन्ह ग्रहण गरेका छन्।

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “भदौ २३ र २४ गतेका घटनाबारे जाँचबुझ तथा छानबिनका क्रममा चन्द्रकुबेर खापुङलाई कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुनाले आजैदेखि उनको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरिएको छ।”

त्यससँगै, आयोगले खापुङले आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छोड्न नपाउने व्यवस्था गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने र सो निर्णयबारे खापुङलाई समेत जानकारी दिने निर्णय गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka