Premier Cables
Premier Steel

समाचार

इलाममा उद्धार र सुरक्षामा प्रहरी सक्रिय

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २९, २०८२  | बिहान १०:२४ बजे
Hamro Biratnagar Headlines

इलाम। इलाम जिल्लामा लगातार परेको अविरल वर्षाले जनजीवन प्रभावित बनाएको छ। वर्षाका कारण विभिन्न स्थानहरूमा घरहरूमा क्षति पुगेको छ भने भित्री सडकहरू अवरुद्ध हुँदा यातायातसमेत प्रभावित भएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार केही स्थानमा पहिरोका कारण घरधुरी जोखिममा परेका छन् भने केही स्थानमा आवत–जावत पूर्णरूपमा बन्द भएको छ। यस्तै अवस्थामा नागरिकको सुरक्षा र उद्धारका लागि इलाम जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरू सक्रिय रूपमा खटिएका छन्।

बिज्ञापन

प्रहरी टोलीले प्रभावित क्षेत्रहरूमा उद्धार, सुरक्षा व्यवस्थापन, तथा सवारी आवागमन सहज बनाउन निरन्तर काम गरिरहेको इलाम प्रहरीले जनाएको छ।

प्रहरीले जिल्लावासी सबैलाई सुरक्षित रहन, जोखिमयुक्त स्थानहरूबाट टाढा बस्न र आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्र पालना गर्न आग्रह गरेको छ। साथै, आवश्यक परेमा नजिकको प्रहरी कार्यालय वा प्रहरी हेल्पलाइनमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।

इलाम प्रहरीले विपद्को अवस्थामा संयमता अपनाउँदै सुरक्षा निकायसँग समन्वय गर्न सबै नागरिकलाई आग्रह गरेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka