Premier Cables
Premier Steel

राजनीति

मधेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध सात राजनीतिक दलले मुद्दा हाल्ने सहमति

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक २४, २०८२  | अपराह्न ३:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

जनकपुर । मधेस प्रदेशमा सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको विरोधमा सात राजनीतिक दलले अदालत जाने घोषणा गरेका छन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टीलगायत दलहरूको संयुक्त बैठक बसेर संविधानको धारा १६८ ९३० अन्तर्गत यादवलाई गरिएको नियुक्ति असंवैधानिक भएको भन्दै कानुनी बाटो अपनाउने निर्णय गरिएको हो।

बिज्ञापन

‘आजको बैठकमा हामीले प्रदेश प्रमुखको कार्य गैरसंवैधानिक भएको ठहर गरेका छौं,’ लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले भने, ‘अब हामी अदालत र जनताकहाँ दुबै स्थानमा न्याय खोज्न जानेछौं।’

दलहरूले आरोप लगाएका छन् कि संविधानको धारा १६८ ९२० अनुसार बहुमतको समर्थन जुटाएर सरकार गठन गर्न सक्ने अवस्था हुँदाहुँदै पनि प्रदेश प्रमुखले एमाले दलका नेता सरोजकुमार यादवलाई होटलमा मुख्यमन्त्री नियुक्त गरी शपथ गराएकी हुन्।

सोमबार सात दलका कार्यकर्ताहरूले मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालयमा प्रदर्शन गर्दै तोडफोडसमेत गरेका थिए। उनीहरूले मुख्यमन्त्रीको कार्यकक्षमा ताल्चा लगाएका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आइतबारको मिति राखी सोमबार बर्दिबासस्थित होटलमा यादवलाई मुख्यमन्त्री नियुक्त गरी शपथ गराएकी थिइन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka