Premier Cables
Premier Steel

राष्ट्रिय

दुई तिहाई बहुमतबाट हटाइए मधेशका सभामुख

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर ०३, २०८२  | राती १०:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

जनकपुर । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई पदअनुकूल आचरण नगरेको आरोपमा प्रदेश सभाबाट दुई-तिहाइ बहुमतले पदमुक्त गरिएको छ।

बुधबार प्रदेश सभा बैठकमा दर्ता भएको प्रस्तावमाथि छलफल गरी, मत विभाजन प्रक्रियामार्फत प्रस्ताव पारित गरिएको हो। उपसभामुख बबिताकुमार राउत ईशरले ७८ सदस्य उपस्थित रहेको बैठकमा ७६ मत प्रस्तावको पक्षमा परेको जानकारी दिँदै मण्डललाई पदमुक्त भएको घोषणा गरिन्।

बिज्ञापन

सभामुखविरुद्ध २७ कात्तिकमा सातदलीय गठबन्धनका ६४ जना प्रदेश सांसदहरूले पदअनुकूल आचरण नगरेको भन्दै प्रस्ताव दर्ता गरेका थिए।

उपसभामुखको निर्देशनमा बोलाइएको बैठकमा कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले प्रस्ताव प्रस्तुत गरेका थिए।

प्रस्तावमाथिको छलफलमा लोसपा, जसपा नेपाल, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका सांसदहरूले आ-आफ्ना धारणा राखे। तर, नेकपा एमालेका सांसदहरू स्थगित बैठकपछि फेरि बसेको बैठकमा अनुपस्थित रहे।

छलफल पछि निर्णयार्थ प्रस्तुत प्रस्तावलाई दुई-तिहाइ बहुमतले पारित गर्दै मण्डललाई पदमुक्त गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka