Premier Cables
Premier Steel

राजनीति

मधेश प्रमुखको कार्यालयबाट राष्ट्रिय झण्डा फ्याँक्ने सांसदले के भने ?

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक २४, २०८२  | अपराह्न २:२५ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद तीव्र बन्दै जाँदा प्रदेश प्रमुखको कार्यालयमा तोडफोड भएको छ, जसमा प्रदेशसभाका सांसदहरू समेत संलग्न रहेको खुलेको छ।

सांसदहरूले कार्यालयबाहिरका गमला फुटाउनेदेखि भित्र प्रवेश गरेर तोडफोड र तालाबन्दीसम्म गरेको दृश्य सार्वजनिक भएका छन्। अहिले प्रदेश प्रमुखको कार्यकक्षमा रहेको राष्ट्रिय झण्डा फालिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

भिडियोमा झण्डा फाल्ने व्यक्ति नेपाली कांग्रेस संसदीय दलका उपनेता बिरेन्द्र सिंह रहेको पुष्टि भएको छ। भिडियोमा उनी प्रदेश प्रमुखको टेबलमा राखिएको कृत्रिम फूलको गमला फ्याँकेर झण्डा स्ट्यान्डसहित उठाएर फाल्दै गरेको देखिन्छ।

भिडियो सार्वजनिक भएपछि सिंहले अर्को भिडियो बनाएर आफ्नै फेसबुकमा पोस्ट गरेका छन्। उनले उक्त भिडियोमा आफूले झण्डालाई अपमान नगरेको दाबी गर्दै भनेका छन्, “हामी नेपाली हौँ, यो हाम्रो झण्डा हाम्रो स्वाभिमान हो। मैले यसलाई उठाएर मुख्यमन्त्रीको कुर्सी पछाडिबाट साइडमा राखिदिएको हुँ।”

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka