Premier Cables
Premier Steel

शेयर बजार

आज पनि घट्यो नेप्से, लगानीकर्ता पर्ख र हेरको अवस्थामा

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक २४, २०८२  | अपराह्न ३:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आजपनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक घटेको छ। आज नेप्से परिसूचक ०.२२ प्रतिशत अर्थात ५.८० अंकले घटेर २ हजार ५६०.२९ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ४४४.५६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको ८६ लाख ४७ हजार ८८९ कित्ता सेयर ४ अर्ब ५१ करोड ४४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

विज्ञापन

आजको बजारबारे बजार जानकार शालिकराम ढकाल भन्छन्, ‘राजनीतिक अस्थिरताले गर्दा अहिले बजारमा लगानीकर्ताहरुमा कन्फिडेन्ट बढ्न सकिरहेको छैन । लगानीकर्ताहरु अझैपनि पर्ख र हेरको अवस्थामा छन् । बजारमा लगानीकर्ताको उत्साह राम्रो देखिदैन र लगानी पनि बढाउन सकिरहेका छैनन् । साथै मंसिर ७ गते आन्दोलन गर्ने कुराले पनि लगानीकर्तामा एकखाले त्रसित पैदा भएको छ । अब केही दिन अझै बजार यहि २४÷२५ सयकै विन्दुमा बस्ने देखिन्छ ।’

अर्का बजार जानकार यज्ञ घिमिरेले पनि राजनीतिक अस्थिरताका कारण लगानीकर्ताहरुमा मनोबल बढ्न नसकेका कारण बजारले लय लिन नसकेको बताए । ‘चारैतिर राजनीतिक विषयको मात्रै चर्चा छ, सेयरबजारलाई पनि राजनीतिक विषयले प्रभाव पार्ने भएको हुँदा अस्थिर राजनीतिले गर्दा लगानीकर्तामा कन्फिडेन्ट बढ्न सकिरहेको छैन’ उनले भने, ‘बजार लगानीकर्ताको मनोविज्ञानमा चल्ने भएकाले अब के होला भन्ने यकिन नै गर्न सकिन्न ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहके अन्य सबैमा रातो पोतियो । आज होटल समूह सर्वाधिक अर्थात १.६४ प्रतिशतले बढ्यो। यस्तै व्यापार र लगानी समूह पनि क्रमशः०.५५ र ०.१० प्रतिशतलेबढ्यो ।

फाइनान्स समूह आज सर्वाधिक घट्यो । यो समूहमा आज ०.७५, बैंकिङ समूह ०.६०, विकास बैंक ०.६३, हाईड्रो ०.१०, जीवन बीमा ०.२६, उत्पादन तथा प्रशोधन ०.३०, लघुवित्त ०.०८, म्युचुअल फण्ड ०.४८, निर्जीवन बीमा ०.४१ र अन्य ०.२१ प्रतिशतले घट्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशीको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड, विराटनगरका उद्योगीले सुनाए समस्या

Clock Iconआइतबार, मंसिर १३, २०८३

कोशीमा निजी क्षेत्रसँग आर्थिक संवाद गर्न रास्वपा महामन्त्रीसहितका नेता विराटनगरमा

Clock Iconआइतबार, मंसिर १३, २०८३

अयोध्या-जनकपुर रेलसेवाले पर्यटनको नयाँ ढोका खोल्यो, पर्यटक टिकाइराख्नु मुख्य चुनौती

Clock Iconआइतबार, मंसिर १३, २०८३

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka