Premier Cables
Premier Steel

शेयर बजार

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर १७, २०८२  | साँझ ४:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दोहोरो अंकले घटेको छ ।

आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.५१ प्रतिशत अर्थात १३.५२ अंकले घटेर २ हजार ६३१.१७ विन्दुमा सीमित बनेको छ ।

बिज्ञापन

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६६ प्रतिशतले घटेर ४५०.९६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३२ वटा स्क्रिप्टको १ करोड ८ लाख ७३ हजार ३७२ कित्ता सेयर ५ अर्ब २३ करोड ५६ रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आजको कारोबार अघिल्लो दिनको तुलनामा बढी हो । अघिल्लो दिन भने ४ अर्ब ४८ करोड बढीको सेयर कारोबार भएको थियो ।

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘गत साता केही वित्तीय संस्थाहरुको सेयरमूल्य राम्रो अंकले बढेको थियो । विशेषगरी नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षा अपेक्षा गरेअनुसार नआउँदा लगानीकर्ताको मनोबल खुम्चिएको हो । समग्रमा मौद्रिक नीति समीक्षा पोजेटिभ नै आएपनि लगानीकर्ताको अपेक्षा सम्बोधन हुन नसक्दा बजार माथि जान नसकेको हो ।’

उनले थपे, ‘साथै अहिले बजारमा एउटा बैंकमा देखिएको विकृतिले पनि बजारलाई थप प्रभाव पारेको छ । सामान्य रुपमा बजारमा करेक्सन देखिनु र साइड वेजमा जानु स्वभाविक मानिएपनि जेनजी आन्दोलनका कारण विशेषगरी व्यवसायिक घरानाहरुमा पारेको प्रभावले गर्दा बजारमा समेत यसको असर देखिएको हो ।

अझै हाइड्रो सेक्टरमा पनि यसको प्रभाव देखिँदा मार्केट सस्टेन हुन सकेको छैन । यदि चुनाव भएर स्टेबल गभर्नमेन्ट आएमा बजार माथि जान सक्छ होइन भने केही समयसम्म मार्केट साइडवेजमा चल्ने देखिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो । फाइनान्स समूह आज सर्वाधिक अर्थात १.५९ प्रतिशतले बढ्यो । होटल समूह पनि आज ०.५२, उत्पादन तथा प्रशोधन ०.२४ र म्युचुअल फण्ड ०.४४ प्रतिशतले बढ्यो ।

आज जीवन बीमा समूह सर्वाधिक अर्थात १.१८ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.७५ प्रतिशत, विकास बैंक ०.५७, हाईड्रो ०.५०, लगानी ०.५१, लघुवित्त ०.४८, निर्जीवन बीमा ०.७४, अन्य ०.५१ र व्यापार समूह ०.३२ प्रतिशतले घट्यो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka