Premier Cables
Premier Steel

राजनीति

मधेश मुख्यमन्त्री कार्यालयमा तालाबन्दी, संसद भवन अगाडि टायर बालेर प्रदर्शन

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक २४, २०८२  | अपराह्न १२:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । मधेस प्रदेशमा बिना औपचारिक सरकार गठन आह्वान नै नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको घटनापछि तीव्र विरोध सुरु भएको छ।

सोमबार (कात्तिक २४) बिहान करिब ४ बजे महोत्तरी–सिन्धुली सीमाको जंगलस्थित पानस कटेजमा पद तथा गोपनीयताको शपथ लिएर फर्किएका मुख्यमन्त्री यादवलाई कार्यालय प्रवेशमा अवरोध गरिएको हो। एक नेताका अनुसार मुख्यमन्त्री कार्यालयमा तोडफोड गरी कर्मचारीलाई बाहिर निकालेपछि तालाबन्दी गरिएको छ।

बिज्ञापन

हाल मुख्यमन्त्री कार्यालयको चाबी नेपाली कांग्रेस नेतृत्वको सातदलीय गठबन्धनका नेताहरूको नियन्त्रणमा रहेको बताइएको छ।

त्यस्तै, जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा पनि बाहिरका गमला तोडफोड गरी तालाबन्दी गरिएको छ।

संविधानको प्रावधान विपरीत प्रदेश प्रमुखले सरकार गठनको आह्वान नगरी काठमाडौं जाने क्रममा बाटोमै मुख्यमन्त्री नियुक्त गरेको भन्दै प्रदर्शनकारीहरू आक्रोशित बनेका छन्।

उनीहरूले ‘संविधानविपरीत मुख्यमन्त्री नियुक्ति अस्वीकार्य छ’, ‘बाटोबाटोमै मुख्यमन्त्री नियुक्त गर्न पाइँदैन’, ‘मधेसविरोधी मुख्यमन्त्री मुर्दावाद’ जस्ता नारासहित प्रदर्शन जारी राखेका छन्। नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रियाको विरोधमा प्रदेश सभा भवन अगाडि टायर बालेर प्रदर्शन समेत भएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka