गत २४ कात्तिकमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सबैभन्दा ठूलो दलका हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी होटलमा
शपथ गराएपछि सात दल निरन्तर विरोधमा उत्रिएका छन्।
मुख्यमन्त्री नियुक्ति खारेजी माग गर्दै उनीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् भने सभामुख रामचन्द्र मण्डलविरुद्ध महाभियोगसमेत दर्ता गराएका छन्।