Premier Cables
Premier Steel

राजनीति

सभामुख छान्न मधेस सभामा आज निर्वाचन

Calendar आइतबार, पुष ०६, २०८२  | बिहान ८:२८ बजे

धनुषा । मधेश प्रदेश सभामा सभामुख पदका लागि आज निर्वाचन हुँदैछ ।

सातदलीय गठबन्धनले यसअघिका सभामुख रामचन्द्र मण्डललाई गत मंसिर ३ गते दुई तिहाइ बहुमतबाट हटाएपछि आज नयाँ सभामुख चयन गर्न लागिएको हो ।

बिज्ञापन

मण्डलमाथि पद अनुकुलको आचरण नगरेको आरोप लगाइएको थियो । मधेश प्रदेश सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ ।

सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेश सभा सदस्य त्रिलोकी प्रसादले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka