Premier Cables
Premier Steel

राष्ट्रिय

रातिबाट खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक २३, २०८२  | बिहान ८:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । ‘एयरफिल्ड लाइटिङ सिस्टम’ बनेसँगै चार घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ । विद्युत् सर्टका कारण बन्द भएको विमानस्थल हिजो राति ९ बजेर ३६ मिनेटपछि पुनः खुलेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार, धावनमार्गसँग सम्बन्धित विद्युत् आपूर्ति पुनः सञ्चालन गरिएको छ । धावनमार्गको विद्युत् सर्किटमा समस्या देखिएपछि साँझ साढे पाँच बजेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान र अवतरण बन्द गरिएको
थियो। एयरफिल्डको लाइटिङ रात्रिकालीन उडान र अवतरणका लागि अत्यावश्यक हुन्छ।

बिज्ञापन

प्राविधिक टोलीले धावनमार्गको विद्युत् सर्किटमा देखिएको समस्याको समाधान राति साढे नौ बजे पुरा गरेको हो । विमानस्थल पुनः सञ्चालनमा आएसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू क्रमिक रूपमा पुनः सुरु भएका छन् ।

यसबीच त्रिभुवन विमानस्थलमा अवतरण हुन लागेका आन्तरिक र अन्तर्राष्ट्रिय गरी तीनवटा जहाज डाइभर्ट गरिएको थियो। बुद्ध एयरको जनकपुरबाट आएको जहाज जनकपुर नै डाइभर्ट भएको थियो भने बुद्ध एयरकै सुर्खेतबाट आएको जहाज पोखरा डाइभर्ट गरिएको थियो। त्यस्तै, कोरियन एयरको जहाज दिल्ली डाइभर्ट गरिएको थियो।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कमजोर व्यवस्थापनका कारण करिव चार घण्टा यात्रु र उनका आफन्तले निकै सास्ती व्यहोर्नु पर्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka