Premier Cables
Premier Steel

विराटनगर

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा ‘ग्लो एण्ड ग्रो टुगेदर’ काउन्सेलिङ

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक २०, २०८२  | साँझ ४:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आफ्ना सदस्यहरूको आत्म–सुरक्षा, आत्म–विकास र महिला सशक्तीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले “ग्लो एण्ड ग्लो टगेदर” नामक विशेष वेलनेस तथा ब्यूटी काउन्सेलिङ सेसन आयोजना गरेको छ।

कार्यक्रम क्लबकी पूर्वअध्यक्ष रोटेरियन नीतू तोदीद्वारा सञ्चालित प्रतिष्ठित हेर एण्ड स्किन क्लिनिक तथा सलोन वेदमा सम्पन्न भएको हो। महिलाद्वारा सञ्चालित वेद सलोनले न केवल सौन्दर्य र स्वास्थ्य सम्बन्धी सेवा प्रदान गर्दै आएको छ, तर महिलाहरूलाई रोजगारी र आर्थिक स्थिरता दिलाउँदै महिला सशक्तीकरणको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

बिज्ञापन

कार्यक्रममा सहभागी सदस्यहरूले निशुल्क हेर र स्किन केयरसम्बन्धी विशेषज्ञ परामर्श प्राप्त गरे, साथै व्यक्तिगत परामर्श, रमाइलो संवाद र कफीसँगै आत्म-सुरक्षाको महत्त्वबारे पनि छलफल गरियो।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रोटेरियन गिरीजा सारडाले भनिन्, “जब हामी आफ्नै हेरचाह गर्छौं र महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउँछौं, तब हामी समाज र सेवामा अझ उज्यालो भएर चम्कन सक्छौं।”

कार्यक्रमले महिला उद्यमशीलता, आत्म–सुरक्षा र आपसी सम्बन्ध सुदृढीकरणको सशक्त सन्देश दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa