विराटनगर । कोशी प्रदेश सभाको बैठक आउने मंसिर दोस्रो साता बस्ने भएको छ ।
कोशीका भौतिक पूर्वाधार तथा विकास मन्त्री भूपेन्द्र राईले प्रदेश सभा सचिवालय व्यवस्थापन लगत्तै ढिलोमा मंसिर दोस्रो सता सभाको बैठक राखिने जानकारी दिएका छन् । सरकारले यस सम्बन्धी तयारी शुरु गरिसकेको मन्त्री राईले बताए ।
उनले भने,‘‘ढिलोमा मंसिर दोस्रो साता हिउँदे अधिवेशन शुरु हुन्छ ।’’ मन्त्री राईले कोशी सरकार मातहत नै रहेको मोरङको कटहरी महेशपुरस्थित कृषि बजारको संरचनामा प्रदेश सभा सचिवालय राखिने बताए ।
सचिवालय त्यहाँ बस्ने भएपछि सरसफाई र अन्य व्यवस्थापनको काम समेत शुरु भइसकेको छ । केह दिनअघि कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सो क्षेत्रको अवलोकन गरेका थिए ।