Premier Cables
Premier Steel

समाचार

कोशी सञ्चार विधेयकमाथि विधायन समितिमा सकियो छलफल

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २९, २०८२  | अपराह्न १२:४४ बजे
Hamro Biratnagar Headlines

विराटनगर। कोशी प्रदेश सभाको न्याय, प्रशासन तथा विधायन समितिले सञ्चारसम्बन्धी विधेयकमाथिको दफावार छलफल सम्पन्न गरेको छ। अब विधेयकको प्रतिवेदन तयार पार्ने चरणमा प्रवेश गरेको समितिले जनाएको छ।

यसअघि संशोधनका लागि प्रदेश सभाबाट समितिमा पठाइएको विधेयक अघिल्लो कार्यकालमा पनि अड्किएको थियो। तर, यो पटक दफावार छलफल सकिएसँगै अब विधेयक प्रदेश सभामा प्रस्तुत भई पारित हुने सम्भावना बलियो बनेको छ।

बिज्ञापन

समितिका सदस्य तथा नेपाली कांग्रेसका सांसद शम्शेर राईका अनुसार छलफल सकिएपछि अहिले प्रतिवेदन मस्यौदा तयार गर्ने कार्य भइरहेको छ। उनका अनुसार विधेयक पारित भएपछि बन्ने सञ्चार प्रतिष्ठानमा अध्यक्ष कार्यकारी हुने कि रजिष्ट्रार- भन्ने विषयमा सञ्चार क्षेत्रसँग सम्बन्धित संस्थाहरूबाट प्राप्त सुझावका आधारमा अन्तिम रूप दिइँदैछ।

सांसद राईले भने, “हामी लगभग अन्तिम चरणमा छौं। सम्भवतः आजै प्रतिवेदन तयार हुनेछ।”

विधेयक सभाबाट पारित भएपछि प्रदेशस्तरीय सञ्चार नीति निर्माण, सञ्चार प्रतिष्ठानको गठन, र सञ्चार माध्यमहरूको नियमन र विकासमा कानुनी आधार तयार हुने अपेक्षा गरिएको छ।

संचार विधेयकमा नेपाल पत्रकार महासंघ प्रदेश समिति, संसदीय पत्रकार मंच, संचारिका समूह, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, रोडियो ब्रोडकास्टिङ एसोसिएसन, सामुदायिक रेडियो प्रसारक संघ लगायतले विभिनन सुझाव दिएका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka