Premier Cables
Premier Steel

शेयर बजार

नेप्से सूचक र कारोबार दुवैमा गिरावट

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक १७, २०८२  | साँझ ४:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको करेक्सन आएको छ । आज नेप्से परिसूचक ०.३१ प्रतिशत अर्थात ८.३४ अंकले घटेर २ हजार ६२२.८९ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१८ प्रतिशतले घटेर ४५६.३९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३३ वटा स्क्रिप्टको १ करोड २१ लाख ८५ हजार ३८८ कित्ता सेयर ६ अर्ब ५ करोड २२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आजको कारोबार अघिल्लो दिनको तुलनामा कम हो ।

बिज्ञापन

अघिल्लो दिन भने ९ अर्ब बढीको कारोबार भएको थियो ।

आजको बजारबारे बजार जानकार निमानन्द कंडेल भन्छन्, ‘तिहारपछि लगातार बढेको बजारमा आज सामान्य करेक्सन देखिएको हो । बजार सामान्य अंकले घटेपनि भोल्युमले साथ दिएको छ । लगातार बजार बढ्दा सानो–सानो करेक्सन देखिनु बजारको लागि सामान्य नै हो । लगानीकर्ताहरुमा कन्फिडेन्स बढ्दै गइरहेको छ । सेयरबजारका लागि लाभांश सिजनपनि भएकाले बजार माथि नै जान्छ ।’

अर्का बजार जानकार यज्ञ घिमिरे भन्छन्, ‘केही दिनदेखि लगातार बढेको बजारमा आज सामान्य करेक्सन मात्रै देखिएको हो, यसलाई बजार घटेको पनि भन्न मिल्दैन । आज कारोबार रकम पनि राम्रै देखिएको छ । बजारमा ट्रेडरहरुको हाबी भएका कारण केहीले सामान्य नाफा बुक गरेको पनि हुन सक्छ । अब लगानीकर्ताहरुमा राजनीतिक विषयको मात्रै डर छ । यदि राजनीतिक क्षेत्रमा स्थायित्व आउने हो भने लगानीकर्तामा आत्मबल बढ्छ र सेयरबजारले लय समात्ने पक्का छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटामा हरियाली छायो भने ७ वटामा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक अर्थात ०.९३ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज ०.११ प्रतिशत, होटल ०.०१, उत्पादन तथा प्रशोधन ०.२५, म्युचुअल फण्ड ०.२९ र अन्य समूह ०.४२ प्रतिशतले बढ्यो ।

जीवन बीमा र हाईड्रो समूह आज सर्वाधिक घटे । यी समूहहरु समान १.०५ प्रतिशतले घटे ।

यस्तै बैंकिङ समूह ०.२२ प्रतिशत, फाइनान्स ०.१२, लगानी ०.७०, लघुवित्त ०.६३ र निर्जीवन बीमा समूह ०.०१ प्रतिशतले घट्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka