Premier Cables
Premier Steel

शेयर बजार

नेप्सेका अध्यक्ष, सीईओसहितका पदाधिकारीलाई मध्यरातमा प्रहरीले गर्यो उद्धार

Calendar बुधबार, आश्विन ०८, २०८२  | अपराह्न १२:२७ बजे

काठमाडौं । कर्मचारीले कार्यालमा थुनेर राखेपछि नेप्सेका अध्यक्ष, सीईओसहितका उच्च तहका पदाधिकारीलाई मध्य रातमा प्रहरीले उद्धार गरेको छ ।

नेप्सेको सञ्चालक समितिले श्रम अदातलको आदेश विपरित निर्णय गरेको भन्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरूले नेप्सेका अध्यक्ष, सीईओ र कम्पनी सचिव सहितका पदाधिकारीलाई मध्य रातसम्म कार्यालयमै थुनेर राखेका हुन् ।

बिज्ञापन

राति १ बजे नेपाल प्रहरीले रेस्क्यु गरेर उनीहरूलाई घर पुर्‍याएको स्रोतले क्लिकमान्डुलाई जानकारी दियो ।

नेप्सेका कर्मचारी युनियनले श्रम अदालतमा नाफाबाट कर्मचारीले बोनस पाउनुपर्ने भन्दै दिएको निवेदनमा बोनस दिन आदेश दिएको थियो । तर, श्रम अदालतको आदेश विपरित नेप्से सञ्चालक समितिले कर्मचारीलाई बोनस नदिने निर्णय गरेपछि उनीहरू आन्दोलित भएका हुन् । कर्मचारीले प्रदर्शन गर्दै रातिको १ बजेसम्म अध्यक्ष र सीईओ सहितका पदाधिकरीलाई कार्यालयमा नै थुनेर राखेका हुन् ।

‘श्रम अदालतको आदेश विपरित कर्मचारीलाई बोन नदिने निर्णय भएपछि समस्या देखिएको छ,’ स्रोतले भन्यो, ‘मंगलबार अपराह्नदेखि अध्यक्ष सीईओसहितका पदाधिकारीलाई कार्यालयमा थुनेर राखिएको रहेछ । प्रहरीले राति १ बजेतिर उहाँहरूलाई उद्धार गरेर घर पठाएको छ,’ स्रोतले भन्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka