Premier Cables
Premier Steel

विराटनगर

मोरङ कारागारमा महिला कैदीलाई हर्पिक, लिक्विड ह्यान्डवास र फिनाइल बनाउने तालिम

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक १६, २०८२  | साँझ ७:४६ बजे
Hamro Biratnagar Headlines

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले मोरङ कारागारका बन्दी महिलाहरूका लागि हर्पिक, लिक्विड ह्यान्डवास र फिनाइल बनाउने तथा प्याक गर्ने तालिम आयोजना गरेको छ।

सो तालिममा महिला कैदीहरूले सहभागिता जनाए। कार्यक्रमको प्रशिक्षण सुमी चौलागाईंले प्रदान गरेकी थिइन् । यस पहलले महिला प्रशिक्षकहरूलाई पनि सामाजिक कार्यमा योगदान गर्न अवसर प्रदान गरेको क्लबले जनाएको छ।

बिज्ञापन

तालिममा सिकाइएका उत्पादनहरूको विधि उल्लेख गरिएको रोटरी लोगो र क्लबको प्रतीक सहितका रेसिपी कार्डहरू सबै सहभागीहरूलाई वितरण गरिएको थियो।

रोटरी क्लबले प्रशिक्षक र जेलरलाई रोटरी मर्चेन्डाइज ब्याग र टेबल क्यालेन्डर उपहारस्वरूप प्रदान गरेको थियो।

क्लबकी अध्यक्ष रोटेरियन गिरिजा सारडाका अनुसार,
“यो तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्न र पुनःजीवन सुरु गर्न प्रेरणा दिनेछ।”

कार्यक्रमको सफलतामा क्लबकी सर्भिस कमिटी चेयर रोटेरियन स्नेहा अटल, सेक्रेटरी रोटेरियन पुनम राठी, तथा पास्ट प्रेसिडेन्ट रोटेरियन रचना राठीको विशेष योगदान रहेको थियो।

कार्यक्रममा मोरङ कारागार प्रशासन र क्लबका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka