Premier Cables
Premier Steel

विराटनगर

बाल सुधार गृहमा ‘प्रोजेक्ट काम’ : मन, भावना र आत्मबलको संवाद

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, पुष २९, २०८२  | राती ८:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले रोटरीको Mental Health & Emotional Well-Being मा केन्द्रित भएर बाल सुधार गृह, बिराटनगरमा “प्रोजेक्ट CALM” अन्तर्गत एक अर्थपूर्ण टक शो आयोजना गरेको छ।

यस कार्यक्रममा क्लिनिकल साइकोलोजिस्ट अर्चना रिमालले जीवन, भावना, आन्तरिक द्वन्द्व, रिस, डर र आत्म-विश्वास जस्ता विषयमा अत्यन्त सरल र आत्मीय शैलीमा संवाद गर्नुभयो।

बिज्ञापन

बाल सुधार गृहमा रहेका १९० जना बालकहरूले उहाँका कुरा पूरा ध्यान, शान्त मन र खुला हृदयले सुने। हलभरि गहिरो शान्ति थियो—जुन आफैंमा कार्यक्रमको सफलताको संकेत थियो।

कार्यक्रममा बोल्दै क्लब अध्यक्ष रोटेरियन गिरिजा सारडाले बालकहरूको मानसिक स्वास्थ्यलाई पनि शिक्षा जत्तिकै महत्वपूर्ण मान्दै रोटरी सधैं “सम्पूर्ण व्यक्तित्व विकास” मा विश्वास राख्ने बताउनुभयो। उहाँले यस्ता संवादले बालकहरूको जीवनमा सकारात्मक सोच र आत्मबल जगाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा रोटेरियन पूनम राठी, सेवा अध्यक्ष स्नेहा अतल तथा क्लब मेन्टर किरण कर्णाको उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण बनायो। सहभागी रोटेरियनहरूले बालकहरूसँग समय बिताउँदै उनीहरूका भावनालाई नजिकबाट बुझ्ने प्रयास गरे।

कार्यक्रमको अन्त्यमा बालकहरूलाई नास्ता र सुन्तला वितरण गरिएको थियो। सानो तर मायाले भरिएको यो पहलले बालकहरूको अनुहारमा मुस्कान थप्यो।

रोटरी क्लब अफ बिराटनगर डाउनटाउनको यो प्रयास रोटरीको मूल मन्त्र—Service Above Self—को सजीव उदाहरण हो, जहाँ सेवा केवल सुविधा होइन, संवेदना र सुन्ने क्षमताबाट सुरु हुन्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka