Premier Cables
Premier Steel

विराटनगर

ईस्टर्न कलेज अफ इन्जिनियरिङमा बी.ई. इलेक्ट्रिकल इन्जिनियरिङमा रि-इन्ट्रान्स आवेदन खुल्यो

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक १५, २०८२  | साँझ ४:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । ईस्टर्न कलेज अफ इन्जिनियरिङले नयाँ शैक्षिक कार्यक्रम बिई इलेक्ट्रिकल इन्जिनियरिङ (४ वर्षे) सहित सबै कार्यक्रममा भर्नाका निम्ति पुन: प्रवेश परीक्षाका लागि आवेदन खुलेको छ ।

सो कलेजले यसअघि सिभिल, कम्प्युटर तथा इलेक्ट्रोनिक्स, कम्युनिकेशन एण्ड अटोमेशन इन्जिनियरिङ कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो।

बिज्ञापन

राधाकृष्ण मार्ग तीधपैनी विराटनगरस्थित कलेजले विगत २५ वर्षदेखि इन्जिनियरिङ तहका पाठ्यक्रम सञ्चालन गर्दै आएको छ। कलेज ISO 9001:2015 प्रमाणित संस्था हो।

कलेजले गुणस्तरीय शिक्षासँगै प्रयोगात्मक शिक्षामा विशेष ध्यान दिने जनाएको छ। यसका लागि विद्यार्थीहरूलाई रियल फिल्डमा आवश्यक पर्ने सम्पूर्ण सफ्टवेयर तथा प्रशिक्षणको सुविधा उपलब्ध गराइने बताइएको छ।

ईस्टर्न कलेजले देश तथा विदेशका विभिन्न पेशागत संगठनहरूसँग MoU गरेको र विद्यार्थीलाई आधुनिक प्रविधि तथा व्यवहारिक ज्ञानमा दक्ष बनाउन निरन्तर प्रयासरत रहेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka