Premier Cables

विराटनगर शिक्षा

इस्टर्न कलेज अफ इन्जिनियरिङमा भर्ना खुल्यो

Calendar सोमबार, साउन २६, २०८२  | अपराह्न २:१० बजे

विराटनगर । इस्टर्न कलेज अफ इन्जिनियरिङले सिभिल इन्जिनियरिङ्गमा स्नातक कम्प्युटर इन्जिनियरिङ्गमा स्नातक र इलेक्ट्रोनिक्स, सञ्चार तथा अटोमेशन इन्जिनियरिङ्गमा स्नातक तहको भर्ना खुलाएको छ ।

यो कलेज राधाकृष्ण मार्ग, तिनपैनी, विराटनगरमा अवस्थित छ । यसको स्थापना सन् २००० मा भएको हो । विगत २५ वर्ष देखि स्नातक तहको इन्जिनियरिङ्ग कार्यक्रम संचालन गरेको अनुभव रहेको छ ।

बिज्ञापन

नेपाल इन्जिनियरिङ काउन्सीलबाट स्थायी मान्यता प्राप्त पूर्वकै पहिलो उत्कृष्ट निजी इन्जिनियरिङ्ग कलेज हो । आईएसओ सर्टिफाइड कलेजको मानयता पाएको कलेमा अनुभवी तथा दक्ष प्राध्यापकहरुबाट आधुनिक प्रविधि प्रयोग गर्दै गुणस्तरीय शिक्षा प्रदान गरिनदै आएको छ ।

डिप्लोमा तथा स्नातक तहका कार्यक्रमलाई चाहिने सम्पुर्ण विषयगत प्रयोगशाला उपलब्ध रहेको कलेजले जनाएको छ । रियल फिल्डमा आवश्यक पर्ने सम्पूर्ण सफ्टवेयरको तालिम कलेजमै गराइने गरेको प्रिन्सिपल ई.अमित सुरानाले बताए ।

फराकिलो खेलमैदान, अत्याधुनिक उपकरण जडित कक्षाकोठाहरू, सुविधा सम्पन्न भवन, प्रयोगशाला, लाइबे्ररीको व्यवस्था रहेको कलेजले जनाएको छ ।

*** समाप्त ***
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka