Premier Cables
Premier Steel

अपराध

गौरादहमा १३ वर्षीया बालिका करणी गर्ने व्यक्ति पक्राउ

Calendar शुक्रबार, असोज २४, २०८२  | बिहान ९:५९ बजे

झापा । झापामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गौरादह नगरपालिका–५, कटकपुर निवासी १८ वर्षीय राघव धमला रहेका छन्। उनीले गत चैत २५ गते आफ्नै घर नजिकको बाँसघारीमा लगेर १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको बताइएको छ।

बिज्ञापन

डर र त्रास देखाएर नाबालिकामाथि करणी गरिएको र नाबालिका गर्भवती भएपछि घटना बाहिर आएको प्रहरीले जनाएको छ।

पीडितकी आमाले इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएपछि धमलालाई प्रहरीले पक्राउ गरेको र इलाका प्रहरी कार्यालय झिलझिलमा राखेर अनुसन्धान सुरु गरिएको बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka