Premier Cables
Premier Steel

विराटनगर

मोरङ प्रहरीद्वारा चाडबाड लक्षित सुरक्षा व्यवस्थाबारे सरोकारवालासँग छलफल

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज २४, २०८२  | बिहान ९:५१ बजे
Hamro Biratnagar Headlines

विराटनगर । तिहार र छठ जस्ता हिन्दु धर्मका महत्वपूर्ण चाडपर्व तथा देशको वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय मोरङले सुरक्षा व्यवस्थाका विषयमा सरोकारवाला निकायहरूसँग छलफल गरेको छ।

जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित उक्त छलफलमा प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव, प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कबित कटवाल, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ, यातायात व्यवसायी संघलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा मोरङ जिल्लाको समग्र शान्ति-सुरक्षा, अपराध नियन्त्रण, प्रहरी सुशासन, चाडपर्व लक्षित सुरक्षा व्यवस्था तथा ट्राफिक व्यवस्थापनलगायत विषयमा छुट्टाछुट्टै मिति र समयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरिएको प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी प्रशासनले चाडपर्वको अवसरमा आम नागरिकको सुरक्षालाई प्राथमिकतामा राखी प्रभावकारी निगरानी तथा समन्वयमा जोड दिएको जनाएको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka