Premier Cables
Premier Steel

समाचार

कोशी प्रदेशमा पाँच जिल्लाका मुख्य सडक पूर्ण रूपमा अवरुद्ध

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २१, २०८२  | अपराह्न १:५६ बजे
Hamro Biratnagar Headlines

विराटनगर। विगत तीन दिनदेखि जारी लगातारको वर्षाले कोशी प्रदेशको जनजीवन पूर्ण रूपमा प्रभावित बनाएको छ। बाढी र पहिरोका कारण प्रदेशका पाँच जिल्लाका आठवटा मुख्य सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध हुँदा यातायात तथा उद्धार कार्यमा गम्भीर कठिनाइ भएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार, लगातार पहिरो खसिरहेकाले सडक खुलाउने प्रयासहरूमा समेत समस्या भइरहेको छ। प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक दाहालले इलाम, भोजपुर, संखुवासभा, धनकुटा र खोटाङ जिल्लाका विभिन्न भागहरूमा सडक अबरुद्ध भएको जानकारी दिएका छन्।

बिज्ञापन

सबैभन्दा बढी क्षति भोजपुरमा भएको छ, जहाँ मध्यपहाडी लोकमार्गका तीन स्थानमा पहिरोले सडक नै बगाएको छ। त्यसैगरी इलामको मेची राजमार्गमा १ स्थान, संखुवासभाको कोशी राजमार्गमा २ स्थान, धनकुटाको तमोर करिडोरमा १ स्थान, र खोटाङको दिक्तेल–गाईघाट सडक खण्डमा १ स्थानमा सडक अवरुद्ध भएको हो।

एसएसपी दाहालका अनुसार, “सडक खुलाउने काम लगातार भइरहेको छ। यातायात सुचारु गर्न प्रहरी टोलीहरू सक्रिय रूपमा खटिएका छन्।”

असोज १८ देखि आज बिहान १० बजेसम्मको विवरणअनुसार, कोशी प्रदेशमा विपद्सम्बन्धी घटनामा परी ४६ जनाले ज्यान गुमाएका छन्। मृतकमध्ये सबैभन्दा बढी इलाममा ३८ जना रहेका छन्। यस्तै, पाँचथरमा २, मोरङ, सुनसरी, उदयपुर, खोटाङ र भोजपुरमा जनही १–१ जनाको मृत्यु भएको छ।

यस विपदमा ३ जना अझै बेपत्ता छन्, जसमा १ जना इलामबाट रहेका छन्। प्रहरीको सहायतामा हालसम्म २,१०५ जनाको सफल उद्धार गरिएको छ।

बाढी र पहिरोका कारण ६,४४८ घरपरिवार विस्थापित भएका छन् भने २९,३९२ जनाजति प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

प्रहरी प्रशासन, स्थानीय निकाय र सुरक्षाकर्मीहरू उद्धार तथा राहत कार्यमा निरन्तर खटिएका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka