Premier Cables

समाचार

बाढीले बगाएको क्रुजसिप नारायणी पुलमुनि अड्किएपछि आवतजावत बन्द

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज ११, २०८३  | साँझ ६:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

चितवन । बाढीले बगाएको क्रुजसिप नारायणी नदीमाथिको पुलमुनि अड्किएपछि पुलमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

चितवनको भरतपुर र नवलपुरको गैँडाकोट जोड्ने नारायणी पुलमुनि क्रुजसिप अड्किएपछि पूर्व–पश्चिम राजमार्गको सवारी आवागमन प्रभावित भएको हो।

विज्ञापन

पुलभन्दा करिब १ सय मिटर माथि बाँधेर राखिएको क्रुजसिप आइतबार अपराह्न करिब ५ः३० बजे बाढीले बगाएर पुलमुनि पुर्‍याएको थियो। त्यसपछि क्रुजसिप पुलमुनि अड्किएको जनाइएको छ।

क्रुजसिप पुलमुनि अड्किएपछि जोखिम बढेकाले पुलबाट हुने आवतजावत पूर्ण रूपमा बन्द गरिएको हो। पुलमा सवारी आवागमन रोकिएसँगै पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्ने सवारीसाधन प्रभावित भएका छन्।

क्रुजसिप हटाएर पुलमा आवागमन पुनः सञ्चालन गर्ने प्रयास भइरहेको जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka