Premier Cables
Premier Steel

समाचार

बाढी प्रभावित क्षेत्र गएका मकनवानपुरका मानिसकाे अवस्था बुझिदिन आग्रह

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र ११, २०८३  | बिहान ९:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बागमती । मकवानपुरका स्थानीयवासीले बाढी प्रभावित जिल्लामा गएका ४० जनाको अवस्था बुझिदिन जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका छन् ।

जिल्लाका विभिन्न स्थानबाट उक्त क्षेत्रमा गएका तर सम्पर्क हुन नसकेका आफ्ना आफन्तहरूबारे बुझिदिन स्थानीयवासीले प्रशासनसँग अनुरोध गर्नुभएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिनुभयो ।

बिज्ञापन

“उक्त क्षेत्रमा मकवानपुर स्थायी बसोबास भई गोसाइँकुण्डलगायत स्थानमा दर्शन गर्न तथा घुम्न गएका, उक्त क्षेत्रमा सवारीसाधन चलाउँदै आएका तथा अन्य विभिन्न पेसामा आबद्ध ४० जना व्यक्तिका सम्बन्धमा आफन्तहरूले सम्पर्क हुन नसकेको जनाउँदै प्रशासनमा बुझिदिन अनुरोध गर्नुभएको छ”, उहाँले भन्नुभयो, “उक्त क्षेत्रमा सहज सञ्चार सम्पर्क नभएका कारण कतिपयको अवस्था जानकारी नभएको पनि हुनसक्छ, हामीले अनुरोध भएअनुसार सम्बन्धित निकायसँग बुझ्ने प्रयास गरिरहेका छौँ ।”

हेटौँडा प्रदेशको राजधानीसमेत भएका कारण विपद्को उद्धार, सहयोगलगायतका काममा आवश्यकता अनुसार तत्तत् युनिटहरू परिचालनसमेत भइरहेको उहाँले बताउनुभयो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka