Premier Cables
Premier Steel

कोशी प्रदेश

अवरुद्ध धरान–धनकुटा सडक खुलाउन समय लाग्ने, यात्रु मात्र हिंड्ने बनाउन मर्मत शुरु

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar शनिबार, जेठ १७, २०८२  | अपराह्न २:५८ बजे

विराटनगर । बाढीका कारण अवरुद्ध कोसी राजमार्गको धरान–धनकुटा सडकखण्ड सञ्चालनमा केही समय लाग्ने भएको छ ।

अविरल वर्षासँगै लेउती खोलामा आएको बाढीले साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीमा करिब १०० मिटर सडक बगाएपछि बाटो अवरुद्ध भएको हो ।

बिज्ञापन

एकतर्फी रुपमा मानिस आवत जावत गराउन सडकको केही भाग भने मर्मत गरिएको बताइएको छ । तर, सवारी साधन संचालन गर्न भने समय लाग्ने छ ।

यातायात सञ्चालनका निम्ति सडक डिभिजन कार्यालय धनकुटासँग समन्वय भए पनि बाढी कम नभएसम्म वैकल्पिक मार्ग खुलाउन नसकिने प्रहरीले जनाएको छ । सडक नै बगाएकाले पैदलयात्रीलाई समेत कठिनाइ भएको छ ।

सडक अवरुद्ध हुँदा कोसी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईबाट धनकुटा हुँदै भोजपुर, संखुवासभा, ताप्लेजुड, पाँचथर जाने यातायात ठप्प भएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka