Premier Cables
Premier Steel

समाचार

रोटरी डाउनटाउनको अन्तर-विद्यालय डिजिटल पोस्टर प्रतियोगिता

Calendar बिहिबार, असोज ०९, २०८२  | बिहान ११:२० बजे

विराटनगर। रोटरी क्लब अफ विराटनगर डाउनटाउनले “Break Free, Live Free” भन्ने नारासहित अन्तर-विद्यालय डिजिटल पोस्टर प्रतियोगिता आयोजना गरेको छ। यस प्रतियोगितामा सेंट जोसेफ स्कूल, डिएभी स्कूल, आदर्श माध्यमिक विद्यालय, दिल्ली पब्लिक स्कूल र राधाकृष्ण विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम असोज ५ गते (सेप्टेम्बर २१) मा रोटरी भवन, विराटनगरमा सम्पन्न भयो। प्रतियोगितामा प्रथम स्थान सेंट जोसेफ स्कूलका लक्ष सराफ, द्वितीय स्थान आदर्श माध्यमिक विद्यालयका अभि शाह, तृतीय स्थान सेंट जोसेफ स्कूलका नित्यम अग्रवाल, चतुर्थ स्थान दिल्ली पब्लिक स्कूलका ऋषभ आतल र पंचम स्थान डिएभी स्कूलका अंश अग्रवालले प्राप्त गरेका छन्।

बिज्ञापन

कार्यक्रम संयोजक रोटेरियन सन्तोष राठीले प्रतियोगिताले विद्यार्थीहरूलाई सामाजिक सचेतनामा कलात्मक योगदान दिन प्रेरित गरेको बताए। सोही अवसरमा क्लब अध्यक्ष रोटेरियन गिरीजा सरडाले विद्यार्थीहरूको सिर्जनशीलताप्रति खुशी व्यक्त गर्दै नशा तथा लतबाट टाढा रहन समाजलाई सचेत बनाउन यस्ता गतिविधिहरू निरन्तर आवश्यक हुने उल्लेख गरिन्।

रोटरी क्लबले प्रतियोगिताबाट चयन गरिएका शीर्ष छवटा पोस्टर सहभागी सबै विद्यालयहरूमा राख्ने व्यवस्था गरेको छ, जसले विद्यार्थीहरूलाई लत तथा नशाबाट मुक्त रहन प्रेरित गर्ने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka