हर्क साम्पाङको प्रश्नः नेपाल-भारत सिमानाको अवस्था कस्तो छ ?
नोट: यो समाचार ४ महिना अघिको हो
बिहिबार, असोज ०९, २०८२ |
बिहान १०:२३ बजे
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क सामपाङ राईले नेपाल-भारतको सिमानाको अवस्था कस्तो छ भन्दै प्रश्न गरेका छन्।
जेनजी आन्दोलनका क्रममा नेपालका सरकारी कार्यालय, भवनहरू तथा भाटभटेनी जलाउनेमध्ये अधिकांश मान्छेहरू भारतबाट आएका जस्ता देखिने बताउँदै उनले यस्तो प्रश्न गरेका हुन्। साथै राईले देशमा भारतको कब्जा भइसकेको दाबी पनि गरे।
बिज्ञापन
‘नेपालका सरकारी कार्यालय, भवनहरू तथा भाटभटेनी जलाउनेमध्ये अधिकांश मान्छेहरू भारतबाट आएका जस्ता देखिन्छन्!’ उनले सामाजिक सञ्जालमा लेख्दै भने, ‘बोर्डरको अवस्था कस्तो छ? देश कब्जा भैसकेको छ!’