Premier Cables
Premier Steel

कोशी प्रदेश

हर्क साम्पाङको पार्टीको अवधारणा सार्वजनिक, मूल राजनीतिक सिद्धान्त ‘हर्कवाद’

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर १६, २०८२  | साँझ ७:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सुनसरी । हर्कराज राई साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीले मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै पार्टीको मूल राजनीतिक सिद्धान्तलाई ‘हर्कवाद’का रूपमा औपचारिक घोषणा गरेको छ।

अध्यक्ष साम्पाङले सार्वजनिक अवधारणा पत्र पढ्दै भने, “प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित विकासबाट मात्र मानव जगतको रक्षा र उन्नति सम्भव हुन्छ । त्यसका लागि अनिवार्य श्रम र श्रमदान आवश्यक छ । श्रमदाताकै निरन्तर अभ्यासले अभाव, गरिबी, विभेद तथा त्यसबाट उत्पन्न द्वन्द्व, लडाइँ र अशान्ति अन्त्य गर्न सकिन्छ—यही नै हर्कवादको मूल दर्शन हो ।”

बिज्ञापन

साम्पाङका अनुसार सबै नागरिकलाई श्रमदानमार्फत विकासमा सक्रिय रूपमा सहभागी गराउने, पहुँच र शक्तिको भरमा हुने असमान विकास अन्त्य गर्ने र काठमाडौं-केन्द्रित विकास मोडेललाई गाउँ–घर केन्द्रित बनाउने पार्टीको लक्ष्य छ। उनले “देशको ढुंगा–माटोसँगै श्रम मिसाएर स्वाधीनता, समृद्धि र सुखमय भविष्य निर्माण गर्ने सूत्र” लाई नै हर्कवादको सार भने।

पार्टीको अवधारणापत्रमा वैज्ञानिक कर प्रणाली लागू गर्ने र “धनीबाट बढी लिएर गरिबको हितमा प्रयोग गर्ने” नीति उल्लेख छ। साथै चेतना र देशभक्तिलाई जोड दिँदै विकासका काम श्रमदानमै आधारित हुन आवश्यक कानून निर्माण गर्ने भनिएको छ।

धनानका मेयरसमेत रहेका अध्यक्ष साम्पाङले पार्टीको शासन मोडेलबारे स्पष्ट पार्दै प्रत्यक्ष रूपमा निर्वाचित कार्यकारी राष्ट्रपति रहने व्यवस्था प्रस्ताव गरे। पाँच वर्षे कार्यकालसहित राष्ट्रपति नै राज्य र सरकार दुवैका प्रमुख हुने र उनले राजनीतिक क्षेत्र बाहिरका विज्ञ वा सांसद लिएर सरकार बनाउन सक्ने व्यवस्था अवधारणामा समावेश छ। राष्ट्रपति–उपराष्ट्रपति एउटै लिङ्ग वा एउटै समुदायका नहुने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

संघीय संरचनाबारे पार्टीले संघमा द्विसदनीय र प्रदेशमा एकसदनीय व्यवस्थापिका रहने प्रस्ताव गरेको छ। राष्ट्रिय सभामा सबै प्रदेशको समान प्रतिनिधित्व रहने र प्रतिनिधि सभामा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्ने भनिएको छ। त्यस्तै आदिवासी, जनजाति, खसआर्य, मधेशी, दलित, मुस्लिम र अन्य अल्पसंख्यक समुदायको अधिकार सुनिश्चित हुनेगरी राज्यका सबै अंगमा समानुपातिक समावेशी प्रतिनिधित्वको नीति अवलम्बन गर्ने जनाएको छ।

धर्मसम्बन्धी नीतिमा राज्य धर्मनिरपेक्ष रहने, व्यक्तिलाई धर्म मान्ने वा नमान्ने स्वतन्त्रता सुनिश्चित गरिने र करकाप वा बाध्यतामूलक धर्म परिवर्तन दण्डनीय ठहरिने उल्लेख छ।

श्रम संस्कृति पार्टीले शासकीय संरचना, सार्वभौमिकता, परराष्ट्र नीति, नागरिकता, मानवअधिकार, लोकतान्त्रिक मूल्य, प्रदेश शासन संरचना, न्यायपालिका, बहुभाषिक नीति, आत्मनिर्णय, स्वशासन, राष्ट्रिय सुरक्षा प्रणालीलगायत विस्तृत विषयहरूलाई एजेन्डामा समेटेको छ।

शिक्षा क्षेत्रमा, विशेषगरी जेनजी पुस्तालाई उत्पादन, निर्माण र आविष्कारतर्फ उन्मुख गराउने नीति पार्टीले अघि सारेको छ। जीवनपयोगी शिक्षामार्फत हप्तामा तीन दिन मात्र कक्षा सञ्चालन गर्ने, पाठ्यभार तथा पुस्तक संख्या घटाउने भन्ने प्रस्ताव पनि अवधारणापत्रमा समावेश छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka