Premier Cables
Premier Steel

समाचार

७ वटा मुख्य राजमार्ग पूर्ण अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह (विवरण)

Calendar आइतबार, आश्विन ०५, २०८२  | बिहान ९:५५ बजे

काठमाडौं । देशका विभिन्न स्थानमा लगातारको वर्षा, पहिरो र बाढीका कारण हालसम्म ७ वटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने अन्य थुप्रै स्थानमा आंशिक रुपमा यातायात सुचारु गरिएको छ।

नेपाल प्रहरीद्वारा आइतबार बिहान ८:०० बजे जारी विवरण अनुसार, कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका १३ स्थानमा राजमार्ग अवरुद्ध छन्। तीमध्ये ८ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध छन् भने ५ स्थानमा आंशिक रूपमा एकतर्फी सञ्चालनमा छन्।

बिज्ञापन

पूर्ण अवरुद्ध रहेका मुख्य राजमार्ग स्थानहरू

भोटखोला, संखुवासभा – अविरल वर्षाका कारण।

मकालु, संखुवासभा – पहिरोका कारण।

गोसाइंकुण्ड, रसुवा – बाढीले नेपाल-चीन जोड्ने पुल पूर्ण अवरुद्ध।

भोटेकोसी, सिन्धुपाल्चोक – पहिरोका कारण।

इच्छाकामना, चितवन – नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो, यात्रु अलपत्र।

बेनी, म्याग्दी – बेनी–दरबाङ सडक पूर्ण अवरुद्ध।

नवलपुर (विनयी त्रिवेणी वडा नं. २) – पहिरोका कारण पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा बन्द।

नलगाड, जाजरकोट – जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण अवरुद्ध।

आंशिक रूपमा खुला (एकतर्फी सुचारु) रहेका स्थानहरू

उत्तरगाय, रसुवा – एकतर्फी सुचारु।

कालिकोट न.पा.३, बाँके – कालिमाटी करिडोरमा एकतर्फी।

बागलुङ नगरपालिका–१३, कालाकांडा – कालिमाटी करिडोरमा एकतर्फी।

काँकडभिट्टा–कोलाबजार, रुकुम पूर्व – मध्य पहाडी लोकमार्ग एकतर्फी सुचारु।

तातेसरा–धौलागिरी, पाल्पा – पाल्पा गुल्मी सडक खण्डमा एकतर्फी आवागमन।

प्रहरीले यात्रु तथा सवारी चालकहरूलाई पूर्ण अवरुद्ध स्थानहरूमा यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। साथै, सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन समेत आग्रह गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka