Premier Cables
Premier Steel

समाचार

नारायणगढ-मुग्लिन सडक अवरुद्ध: अलपत्र यात्रुलाई निःशुल्क खाना, खाजा र बासको व्यवस्था

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज ०५, २०८२  | बिहान ९:४९ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तुइन खोला पुलनजिकै गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरूलाई निःशुल्क खाना, खाजा र बासको व्यवस्था गरिएको छ।

जेसिज इच्छाकामनाको अगुवाइमा शनिबार (असोज ४) अलपत्र यात्रुहरूका लागि खाना र खाजा वितरण गरिएको हो। जेसिजका उपाध्यक्ष प्रकाश श्रेष्ठका अनुसार, स्थानीय युवाको सहकार्यमा यात्रुहरूको रात बिताउने व्यवस्था पनि मुग्लिनस्थित मगर समाजको भवनमा गरिएको थियो।

बिज्ञापन

राष्ट्रिय समाचार समिति (रासस) का अनुसार, शनिवार दिनभर चाउचाउ, बिस्कुट र पानीसमेत वितरण गरिएको थियो।

पहिरो शुक्रबार (असोज ३) साँझ साढे ६ बजे तिर खसेको हो। पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। करिब ७० मिटर उचाइबाट खसेको पहिरोले १६० मिटर सडक क्षेत्र ढाकेको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, आइतबार (असोज ५) बिहान सवा ८ बजे जारी गरिएको सूचनामा भनिएको छ, “ढुंगा झर्ने क्रम अझै रोकिएको छैन। मुग्लिन र नारायणगढ दुवैतर्फबाट मेसिनहरू परिचालन गरी पहिरो हटाउने काम निरन्तर जारी छ।”

यदि थप पहिरो नखसे र काममा अवरोध नआएमा आइतबार दिउँसोभित्र सडक सञ्चालनमा ल्याउन सकिने जनाइएको छ। डिभिजनले यात्रुहरूलाई धैर्य गर्न अपीलसमेत गरेको छ।

दैनिक १० हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुने उक्त सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले सवारी चालक तथा यात्रुहरूलाई अनुरोध गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka